प्रधानमन्त्रीको सपथ ग्रहणमा हिडेकी सांसद नमुना जनताको गुनासो लिएर टेलिकम कार्यालयमा किन ?

  ।   २०७९ पुष १२, मंगलवार २१:१६

बाँके । राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थाल्नु भएको छ । दुबै पालिकाका सबै वडा तथा राजमार्गहरुमा समेत गुणस्तरीय टेलिफोन सेवाका लागि उहाँले पहल थाल्नु भएको हो । सोही बिषयमा सोमबार नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेलसँग भेट गरेर सांसद नमुनाले छलफल समेत गर्नु भएको छ । महेन्द्र र हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीमा टेलिफोनको पहुँच नपुगेको स्थानमा पहुँच पुर्‍याउने विषयमा उहाँले छलफल गर्नु भएको थियो ।
‘प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा सहभागि जनाउने उद्देश्यले शितल निवास जान भनेर हिड्नु भएको उहाँले भन्नु भयो, ‘बीचैबाट त्यहाँ जान छोडेर मेरा निर्वाचन क्षेत्रका जनताका गुनासा लिएर छलफल गर्न टेलिकमका प्रवन्ध निर्देशक पौडेललाई भेट्न गए ।’
प्रवन्ध निर्देशक पौडेलसँग कोहलपुरको चपरगौडीदेखि दाङको सिमाना शिवखोलासम्म र फत्तेपुर, विनौना हुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका टेलिफोनको पहुँच पुग्न नसकेका बस्तीहरुमा टावरहरु राख्ने सहमति भएको सांसद नमुनाले जानकारी दिनुभयो । ‘सबै क्षेत्रमा टेलिफोनको पहुँच पुर्‍याउनको लागि यसै साताबाट सर्वे समेत सुरु गर्ने प्रवन्ध निर्देशक ज्यूसँग सहमती भएको छ’ काठमाडौंमा रहेकी उहाँले भन्नुभयो, ‘अहिले भएका टावरहरुमा समेत क्षमता विस्तारको कुरा भएको छ ।’ निर्वाचनमा मतदाताको घरदैलोमा पुग्दा मतदाताको फोन टावर नहुने, टावर भएपनि कुरा हुन नसक्ने गुनासो आएपछी आफुले टावर थप गर्नको लागि पहल थालेको सांसद नमुनाले बताउनु भयो ।       
करिब चार वर्ष अगाडि दाङको शिवखोलादेखि कोहलपुरको चप्परगौडीसम्म सांसद नमुनाकै पहलमा भएको सर्वेले सात वटा नयाँ टावर थप गर्ने र ६ वटा टावरलाई स्तरउन्नती गर्नुपर्ने देखिएको थियो । केही स्थानमा टावर बनेपनि अधिकांश स्थानमा टावर बन्न नसकेको सांसद नमुनाको भनाइ थियो । ‘टावर निर्माणको लागि सर्वे भएर टेण्डर आह्वान भएपनि बाँके निकुञ्ज र वनका कारण काम अगाडि बढ्न सकेको थिएन’ उहाँले थप्नु भयो, ‘अब जनतालाई सेवा दिने कामका लागि हुने विकास निर्माणमा निकुञ्ज र वनले अवरोध गर्नुहुँदैन ।’

Next Post

चिसो बढेसँगै  सुरक्षित रहन खजुराका अध्यक्ष तुफानको अनुरोध

२०७९ पुष १२, मंगलवार २१:१६
पुरन परियार                                                                          बाँके । आज देखि चिसो ह्वात्तै बढेपछि खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक […]

सम्बन्धित शीर्षक