इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

  ।   २०७७ मंसिर १४, आईतवार ०६:२१

काठमाण्डौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै एक अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । यसअघि समान २० अंक भएपनि टोटनह्यामसँग गोल अन्तरमा पछि रहेको लिभरपुल दोस्रो स्थानमा थियो । लिभरपुल २१ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुलका लागि ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए ।

मोहमद सलाहको पासमा उनले गोल गरेका थिए । ९१ औं मिनेटमा ब्राइटनका पेशक ग्रोबले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । सिटीले बर्नलीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक–एक गोल गरे । त्यस्तै राती भएका खेलमा लिड्स युनाइटेडले एभर्टन र वेस्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएका छन् ।

Next Post

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्रसंघ

२०७७ मंसिर १४, आईतवार ०६:२१
काठमाण्डाै | इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ । इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् । इथियोपियाको टाइग्रेमा लगातार झडप हुँदै आएको र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन् […]