बाँसगढी, बर्दिया ।
४१ औँ सामाजिक सेवा दिवसको अवसर पारी युवा सञ्जाल बाँसगढीले २ सय ५२ बढीलाई खाद्यान्न सहयोग गरेको छ ।
कोरोना माहामारीका कारण दैनिक छाक टार्न समस्यामा परेका स्थानीयलाई सञ्जालले सहयोग गरेको हो ।
“हुनेले दिएर जाऔ, नहुनेले आएर लैजाऔ” भन्ने नारा सहित बाँसगढी क्षेत्रमा युवा सञ्जालले मास्क र फुड बैंक स्थापना गरि सोही कार्यक्रम अन्तरगत आज खाद्यान्न सहयोग गरेको युवा सञ्जाल बाँसगढीका अध्यक्ष एक नारायण अधिकारीले बताउनुभयो ।
बाँसगढी नगरपालिका, बाँसगढी उद्योग बाणिज्य संघ, युवा नेतृत्व उपसमिती बाँसगढी, बाँसगढी सामुदायिक पुस्तकालय, लायन्स क्लव अफ बर्दिया, केदारेश्वर धाम, जीवन ज्योति पुन : स्थापना केन्द्र बाँसगढी र ओन अथ ओन लभको सहकार्य र विभिन्न दाताहरुको सहयोगमा चामल, दाल, नुन, तेल वितरण गरिएको हो ।
-रावन विश्वकर्माको सहयोगमा




