बर्दियाका कोरोना संक्रमितको मेडिकल कलेज कोहलपुरमा मृत्यु

  ।   २०७७ आश्विन ६, मंगलवार २२:१३

बाँके । बाँकेमा थप एक कोरोना संक्रमितको मंगलवार मृत्यु भएको छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका पुरुष कोरोना संक्रमितको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिकाका, बर्दियाका ६४ वर्षीय कोरोना संक्रमितको उपचार क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

कोरोना पोजेटिभ ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।

यससँगै कोरोना कारण उपचारकालागि बाँके आएर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । यसअघि बर्दियाका १, सुर्खेत, अछाम, कैलाली र अर्घाखाँचीका एकएक जना गरि ५ जनाको मृत्यु भईसकेको छ ।

Next Post

फेसबुक स्ट्याटसले बचायो सुत्केरीको ज्यान

२०७७ आश्विन ६, मंगलवार २२:१३
नेपालगन्ज । पछिल्लो समय सामाजिक संजालको प्रभावकारीता बढ्दो छ । समाजमा सामाजिक संजालका कारण कतिपय अप्रिय घटनाहरु समेत घट्ने गरेका छन । तर मंगलबार भने सामाजिक संजालकै कारण एक महिलाको ज्यान जोगिएको छ । दाङबाट सुत्केरी हुनकालागि भेरी अस्पताल नेपालगन्ज रेफर गरीएकी एक महिलाका बारेमा फेसबुकमा फेसबुक स्ट्याटस लेखेकै कारण […]

सम्बन्धित समाचार