नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

  ।   २०७७ मंसिर १७, बुधबार ०८:४३

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उहाँले आजको बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो। बैठकमा अध्यक्षद्वयले आ(आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उहाँले बताउनुभयो । यस्तै स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभएको छ । यसअघि नै मंसिर १८ गते अर्थात भोलिका लागि बैठकको मिति तय भएको पूर्वनिर्धारित मितिमै बैठक बस्ने उहाँको भनाइ छ । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बन्नुभएको छ ।

प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आउनुभएको छ भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ । सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल,बामदेव गौतमलगायत सचिवालय सदस्यहरुको अडान रहेको छ ।

Next Post

राष्ट्र बैंकले बुधबार बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने

२०७७ मंसिर १७, बुधबार ०८:४३
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज केन्द्रीय बैंकले यो परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड रुपैयाँ र बढीमा पाँच करोडले […]