संवाददाता, नेपालगंज ।
बाँकेमा गत आर्थिक बर्ष २०७८-०७९ को अवधिमा १५४ वटा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा संलग्न सवारी साधानहरु २०९ वटा छन ।
जसमा ट्रक टेकंर, टिप्पर, बस, जिप, कार, मोटरसाइकल, टेप्पो लगायतका सवारी साधानहरु रहेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अपराध अनुसन्धान शाखाको विवरण अनुसार दुर्घटनामा परी ८२ जनाले ज्यान गुमाएका छन भने ८९ जना ब्यक्तिहरु गंम्भिर घाइते भएका छन ।
साउन देखी गत असार सम्म ३९ हजार ८४५ वटा सवारी साधानलाई कारबाही गर्दा २ करोड २५ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कार्य शाखाको विवरण अनुसार सडक दुर्घटना न्यूनिकरण, ट्राफिक ब्यवस्थापन सम्बन्धीको अन्र्तक्रिया, माईकिङ, पर्चा, पोष्टर, पम्लेट, सामुदायिक कक्षा संञ्चालन, विद्यार्थी लक्षित कक्षा संञ्चालन सहित ३ सय २९ पटक सचेतनामूलक कार्यहरु सम्पन्न गरिएको छ ।