नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

  ।   २०८० कार्तिक ३, शुक्रबार १२:२४

बाँके । हिन्दु धर्मावलम्बीको महान चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । अन्य चाडपर्वभन्दा दसैं तिहारमा बढी आर्थिक कारोबार हुने र यही समयमा अपराधका घटना समेत बढ्न सक्ने भन्दै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा आज बसेको बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको बिशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी इलाका प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० तयार पारेर कार्यान्वयनमा ल्याएको हो । वर्तमान परिस्थितिलाई आकलन गरेर चाडपर्व केन्द्रित सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई सुझाव दिएको अध्यक्ष शाहले बताउनु भयो ।

यसअघि नेपालगञ्ज, धरान, सर्लाही लगायत जिल्लामा भएका घटनालाई लिएर बाँकेको नरैनापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । हिन्दूहरूको मठ–मन्दिरलाई सुरक्षा गर्ने यात्रुलाई चाडपर्व मनाउन घरसम्म जान सहज वातावरणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई निगरानी बढाउन नरैनापुर गाँउपालिकाले निर्देशन दिएको छ । त्यस्तै, दुर्गा पूजा तथा दुर्गा मूर्ति विसर्जनका क्रममा झै–झगडा र दुर्घटना हुन नदिन ‘क्वीक रेस्पोन्स टिम’ र चेकिङका लागि मोबाइल गस्ती गरिने प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले चाडपर्व लक्षित सुरक्षा योजनालाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । बैठकमा नरैनापुरका ६ वटै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि र सशस्त्र प्रहरीका डिएसपी जगदिश जोशी लगायतको सहभागिता रहेको थियो ।

Next Post

नेपालगन्जको ट्राफिक लाईट जडान कार्यले तीव्रता पाउने

२०८० कार्तिक ३, शुक्रबार १२:२४
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यले अब तीव्रता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय भएको बताइएको छ । ट्राफिक लाइट जडानका लागि ठेकेदारले स्ट्रिट लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछ्याउने प्रयोजनले खनेका नेपालगन्जका सडकका खाल्डाखुल्डी […]

सम्बन्धित समाचार