आईपीएल : हैदराबादलाई हराउँदै चेन्नईको तेस्रो जित

  ।   २०७७ आश्विन २८, बुधबार ०७:२१

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो ।

यसैगरी वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । वाट्सनले ३८ बलमा ३ छक्का र एक चौका प्रहार गरे । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । मध्यम सुरुवात गरेको हैदरावादले २३ रनमा पहिलो विकेट गुमाएको थियो भने ५९ रन बनाउँदा तीन विकेट खेर फालेको थियो । जारी प्रतियोगितामा हैदरावादको पाँचौ हार हो । यो जितपछि चेन्नेईको आठ खेलमा ६ अंक भएको छ । हैदरावादको पनि आठ खेलमा ६ अंक रहेको छ । उज्यालो अनलाइन

Next Post

आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने

२०७७ आश्विन २८, बुधबार ०७:२१
काठमाण्डौ | आज पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परे पनि अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बंगालको […]