इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई हरायो

  ।   २०७८ भाद्र ७, सोमबार ०७:१७

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु र रीस जेम्सले एकरएक गोल गरे ।

जितसँगै चेल्सीले दुई खेलमा ६ अङ्क जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आर्सनलको यो लगातार दोस्रो हार हो । यस्तै, गएराति भएको अर्को खेलमा टोटेनह्यामले वुल्भस्लाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अहिलेसम्म खेलेका दुई खेलमा दुवैमा जित निकाल्दै टोटेनह्याम तालिकाको चौथो स्थानमा छ । यस्तै, म्यानचेस्टर युनाइटेड र साउथह्याम्टनले भने एकरएक गोलको बराबरी गरेका छन् ।

Next Post

आज गाईजात्रा, देशभर नेवार समुदायलाई सार्वजनिक बिदा

२०७८ भाद्र ७, सोमबार ०७:१७
काठमाण्डौ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न […]

सम्बन्धित शीर्षक