विश्वकप क्रिकेटको अभ्यास (वार्मअप) खेलको तालिका सार्वजनिक

  ।   २०८० भाद्र ७, बिहीबार १७:१८

संवाददाता ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यसैवर्ष भारतमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेटको अभ्यास (वार्मअप) खेलको तालिका सार्वजनिक गरेको छ । आईसीसीले विश्वकपमा सहभागी हुने १० टिमले विश्वकप अगाडी आधिकारीक वार्मअप खेल खेल्ने जनाएको हो ।

वार्मअप खेलहरु २९ सेप्टेम्बरबाट ३ अक्टोबरसम्म संचालन हुनेछन् । आगामी अक्टोबर ५ मा विश्वकप सुरु हुनुअघि १० टोलीले ५० ओभरका दुई-दुई वार्मअप खेल खेल्नेछन् । विश्वकपका वार्मअप खेलहरु भारतको गुवाहटी, हैदरावाद र तिरुवनन्तपुरम मा हुनेछन् ।

विश्वकपअघि सहभागी टोलीहरुलाई तयारी स्वरुप यो अन्तिम अवसर हो । अभ्यासको पहिलो दिन बंगलादेशले गुवाहटीमा श्रीलंकाको सामना गर्नेछ । सोहि दिन नै दक्षिण अफ्रिकाले तिरुवनन्तपुरम मा अफगानिस्तानको सामना गर्नेछ ।

न्युजिल्यान्डले हैदरावादमा पाकिस्तानको सामना गर्नेछ । आयोजक भारतले अर्को दिन गुवाहाटीमा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ । पाँच पटकको विश्व विजेता अस्ट्रेलियाले सोही दिन तिरुवनन्तपुरम मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

इमेज खबरबाट

Next Post

चकित बनायो कोहलपुर सेन्टरले, रुपान्तरणका लागि कलम चलाउन नेता शर्माको आग्रह

२०८० भाद्र ७, बिहीबार १७:१८
सबिता चन्द कोहलपुर । पत्रकारहरुको जमघट निकै बाक्लो, समुह समुहमा आ-आफ्नै कुरामा गफिदै गरेको दृश्यमा देखिन्थ्यो । प्रमुख अतिथि दिर्घामा पत्रकारका अगुवा कार्यक्रम मिलाउन मै व्यस्त थिए । सहभागी आउने क्रम जारी थियो । चहलपहल निकै थियो । यो दृश्य थियो कोहलपुर स्मृति भवनमा प्रेस सेन्टर नेपाल, कोहलपुर नगरपालिका बाँकेको […]

सम्बन्धित समाचार