आईसीसीका कार्यकारी प्रमुख मनु साहनी पदमुक्त

  ।   २०७८ असार २५, शुक्रबार १७:००

संवाददाता ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को परिषद् बैठकले मनु साहनीलाई पदमुक्त गरेको छ । बिहीबार आईसीसीको आपातकालीन बैठकले उक्त निर्णय गरेको हो ।

साहनीले निर्णय बिरुद्ध पाँच दिन भित्र पुनरावलोकन गर्न पाउनुहुनेछ । आईसीसीले जारी गरेको एक वक्तब्यमा कार्यकारी प्रमुख मनु साहनीलाई तुरुन्त लागू हुने गरी पदमुक्त गरिएको उल्लेख गरिएको छ ।

जियोफ अल्लारडाइस निमित्त कार्यकारी प्रमुखको रुपमा नियुक्त गरिएको आईसीसीको वक्तब्यमा जनाइएको छ । निर्णय प्रकृयामा पक्ष विपक्षमा मतदान नभएको र परिषद्का कुनै निर्देशकको उक्त निर्णयमा आपत्ति नरहेको बताइएको छ ।

साहनी भने गत् मार्च महिनादेखि नै कार्यालय जानुभएको छैन् । अनुशासनिक सुनुवाइको क्रममा उहाँलाई निलम्बन गरिएपछि उहाँ कार्यालय जान छोड्नुभएको थियो ।

साहनीको ब्यवहारले आईसीसीका कर्मचारी प्रताडित भएको तथा परिषद्का सदस्यहरुसँग कुनै सहमति नै नलिई निर्णय गरेको लगायतका आरोप उहाँमाथि लगाइएको छ ।

सन् २०१९ को अप्रिलमा डेभ रिचर्डसनलाई बिस्थापित गर्दै आईसीसीको कार्यकारी प्रमुख नियुक्त हुनुभएको थियो ।

गोरखा पत्र अनलाइनबाट

Next Post

सञ्चार विधेयकको विरोधमा लुम्बिनी प्रदेश सभा अगाडी धर्ना

२०७८ असार २५, शुक्रबार १७:००
संवाददाता। संचार विधेयक फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले गरेको पहिलो चरणको आन्दोलन अनुसार आज प्रदेश सभामा धर्ना दिईएको छ । पत्रकार महासंघ केन्द्रको परामर्श, प्रदेश समितिको आह्वान र जिल्ला शाखाहरुको सहभागितामा गरिएको पहिलो चरणको आन्दोलन कार्यक्रम गरिएको हो । जसअनुसार असार २० गते ११ जिल्लामा शाखाहरु मार्फत […]

सम्बन्धित समाचार