विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार दोस्रो जित

  ।   २०७७ आश्विन २८, बुधबार ११:४८

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो खेलमा जित हात पारेको छ।

अर्जेन्टिनाले दोस्रो खेलमा जित हात पार्ने क्रममा बुधबार विहान बोलिभियालाई २–१ गोलले पराजित गर्‍यो।

अर्जेन्टिनाले खेलमा पछि परेको अवस्था उल्टाउँदै जित निकाल्न सफल भएको हो।

खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाले खेलमा अग्रता लिएको थियो। बोलिभियाका लागि मार्टिन्सले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि मार्टिनेजले ४५ मिनेटमा बराबरी गोल गरे।

दोस्रो हाफमा मैदान छिरेका योकिन कोरियाले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनलाई गोल गर्न मार्टिनेजले पास उपलब्ध गराए।

जितसँगै अर्जेन्टिना सुरुवाती दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

छनोटको अन्य खेलमा इक्वेइडरले उरुग्वेलाई ४–२ गोलले पराजित गरेको छ।

इक्वेइडरले ७५ मिनेटसम्म ४ गोल गरेको थियो। त्यसपछि उरुग्वेका लागि लुइस सुआरेजले ८३ मिनेट र इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीबाट गोल गरे पनि त्यो सान्त्वानामै सीमित बन्यो।

यस्तै पाराग्वेले भेनेजुएलालाई १-० गोलले हराएको छ। सेतोपाटी

Next Post

उपचार नपाई फुलजहाँ बेगम घरमै थला

२०७७ आश्विन २८, बुधबार ११:४८
संवाददाता, नेपालगंज। बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ (साविक ३ नम्बर) वडा की २५ बर्षिया फुलजहाँ बेगम उपचार नपाई घरमा थला पर्नुभएको छ । चिकित्सकहरुले उहाँलाई पाठेघरको क्यान्सर भएको भन्दै छिटो अप्रेशन (शल्यक्रिया) गर्नुपर्ने बताएका छन । फुलजहाँको घाँटीमा पनि समस्या छ । मुस्लिम गरिब परिवार भएकाले अप्रेशन गर्न नसकी […]