इङ्ग्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

  ।   २०७८ मंसिर १२, आईतवार ०७:१२

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोलले हराएको हो ।

लिभरपुलका डिएगो जोटाको दुई तथा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ३२ औँ मिनेटमा जोटाले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । त्यस्तै ३७ औँ मिनेटमा अलकान्ताराले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

५२ औँ मिनेटमा भान डाइकले एक गोल थपे । यो जितसँगै लिभरपुल १३ खेलबाट २८ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको चेल्सीको १२ खेलमा २९ अङ्क छ । साउथह्याम्टन १४ अङ्कसहित १४ औँ स्थानमा छ ।

त्यस्तै अर्को खेलमा उल्भ्स र नर्विच सिटीले गोलरहित बराबरी खेलेका छन् । एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति नै भएको अर्को खेलमा ब्राइटन र लिड्सले गोलरहित बराबरी खेलेका छन् ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलले हराएको छ । घरेलु टोलीको जितमा बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । साकाले खेलको ५६ औँ मिनेटमा र गाब्रियलले ६६ औँ मिनेटमा गोल गरे ।

जितपछि आर्सनल १३ खेलबाट २३ अङ्कसहित पाँचौँ स्थानमा छ । न्युक्यासल ६ अङ्कका साथ पुछारमा छ ।

Next Post

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता

२०७८ मंसिर १२, आईतवार ०७:१२
काठमाण्डौ । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको छ । तर उनीहरु कुन प्रकारको भाइरसबाट सङ्क्रमित भएका हुन् भन्नेबारेमा खुलिसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपत्कालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय […]

सम्बन्धित समाचार