सिद्धेश्वर बहुमुखी क्याम्पसलाई प्राविधिक क्याम्पस बनाउने मन्त्री नमुनाको प्रतिबद्धता

  ।   २०८० पुष २२, आईतवार १४:१५

सबिता चन्द

बाँके । सिद्धेश्वर बहुमुखी क्याम्पसको क्याम्पस सभा २०८० सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सहरी विकास मन्त्री कृष्णा केसी (नमुना) को प्रमुख अतिथ्यतामा आयोजना गरिएको क्याम्पस सभामा विभिन्न अतिथिहरुले आआफ्ना विचार राखेका थिए ।

क्याम्प्पस सभामा मन्त्री नमुनाले क्याम्पसलाई प्राविधिक धारमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसलाई प्राविधिक धारमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा विकास के हो ? जनताका आवश्यकताहरु के के हुन् सबै आफूलाई जानकारी भएको बताउनु भयो । मन्त्री नमुनाले बताउनु भन्नुभयो,´ म काम गर्छु, कुरा गर्दिन ।

यस क्याम्पसको शुरुवाती चरणमा शिक्षा संकाय मात्र संचालन गरिएपनि अब आउदो बर्षबाट बाणिज्य र प्राविधिक संकाय अन्तर्गत शिक्षाको सुरुवात गर्न पहल गर्छु ।` मन्त्री नमुनाले दक्ष जनशक्तिको आवश्यकता भएको हुनाले सो अनुसार अगि बढ्ने बताउनु भयो । उहाँले आफूले शिक्षा स्वास्थ्य गाँसबास हरेक विकास निर्माणमा कुनै पनि कसुर बाँकि नराख्ने प्रतिबद्धता जनाउनु भयो ।

सनिवार भएको कार्यक्रममा संघीय सांसद सुर्य ढकाल, राप्तिसोनारी ६ का अध्यक्ष लबराज खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम समापन लगत्तै मन्त्री नमुनाले राप्तिसोनारी ६ सहिद स्मृति पार्कमा अवस्थित सहिदको सालिकमा माल्यार्पण समेत गर्नुभयो । उहाँले सहिद बुद्धि बल पुनको सालिकमा पाल्यार्पण गर्नुभएको हो ।

Next Post

कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान

२०८० पुष २२, आईतवार १४:१५
कर्णाली । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था […]