चकित बनायो कोहलपुर सेन्टरले, रुपान्तरणका लागि कलम चलाउन नेता शर्माको आग्रह

  ।   २०८० भाद्र ७, बिहीबार २०:५८

सबिता चन्द

कोहलपुर । पत्रकारहरुको जमघट निकै बाक्लो, समुह समुहमा आ-आफ्नै कुरामा गफिदै गरेको दृश्यमा देखिन्थ्यो । प्रमुख अतिथि दिर्घामा पत्रकारका अगुवा कार्यक्रम मिलाउन मै व्यस्त थिए । सहभागी आउने क्रम जारी थियो । चहलपहल निकै थियो । यो दृश्य थियो कोहलपुर स्मृति भवनमा प्रेस सेन्टर नेपाल, कोहलपुर नगरपालिका बाँकेको पहिलो वार्षिकोत्सब कार्यक्रमको ।

प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर नगरपालिका अभियान संयाेजक दामा शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा भाषण प्रशिक्षण मात्र थिएन, गित, संगित, नृत्य र पुरस्कार वितरण लगायत सेन्टरका अग्रज पत्रकारहरुलाई सम्मान पनि थियो । यस्तो आकर्षक कार्यक्रमले सहभागीहरुलाई चकित पार्‍यो ।

देशमा संघीयताको नम्स अनुसार प्रेस सेन्टर नेपालले देशैभरका पालिकाहरुमा क्रान्तिकारी पत्रकारहरुको संगठन निर्माण गरेर जनतालाई सुसूचित गराउने कामको थालनी गर्‍यो । फलस्वरूप प्रेस सेन्टर नेपाल कोहलपुरले बिहिवार वार्षिकोत्सब कार्यक्रमको आयोजना गरि एक नमुना प्रस्तुत गरेको छ । कोहलपुरमा प्रेस सेन्टरको बढ्दो आकर्षणले अन्य संगठनबाट पनि पत्रकारहरु सेन्टरमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ । कार्यक्रममा माओवादी केन्द्रका नेता, प्रेस सेन्टर नेपालका केन्द्र, प्रदेशका र जिल्लाका नेताहरूले आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले मिसन विनाको काम सफल हुन सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो,´ सहि विचार र सहि दृष्टिकोणबाट जन्मिएको प्रेस सेन्टर नेपालले जनता माझ सहि विचारको पर्वाह गर्नुपर्छ । सबै क्षेत्रको अगुवाई गर्ने नेकपा माओवादी केन्द्र अब ब्युझिएको छ । जसरी जनयुद्धको रापतापबाट गणतान्त्रिक लोकतन्त्र आयो त्यसरी भ्रस्टाचार विरुद्ध अर्को युद्धको अगुवाई गरेको छ ।` सेन्टर कोहलपुरका कलकलाउदा युवा पत्रकारहरुलाई सहि बाटोमा सहि विचार दृष्टिकोण दिन सेन्टरका नेताहरुलाई शर्माले निर्देशन दिनुभयो ।

नेकपा माओवादी केन्द्र बाँके जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डे (जेम्स) ले माओवादी केन्द्र बाँके भित्र गुट उपगुटको अन्त्यमा भएको बाताउनु भयो । अहिलेको माओवादी केन्द्रको अभियानले पार्टी मात्र रुपान्तरण हुनेहोइन प्रेस सेन्टर नेपाल पनि रुपान्तरण हुनुपर्छ भन्दै भनेको नमान्ने जोसुकैलाई पनि कार्वाही हुने बताउनु भयो । पार्टीको नीति विधि भन्दा बाहिर जाने कसैलाई छुट छैन संयोजक जेम्सले जिकिर गर्नु भयो । प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब सिराज खानले सेन्टर कोहलपुरले नमुना पेस गरेको बताउनु भयो । सचिव खानले सेन्टरका केन्द्रिय अध्यक्ष विष्णु प्रसाद सापकोटा (जुगल) ले पाठाउनु भएको शुभकामना सन्देश सुनाउनु भयो । खानले भन्नुभयो,´ अध्यक्ष जुगलले केन्द्रमा अत्यन्त जरुरी संगठनको काम भएको हुनाले उपस्थित हुन सकिन तर शुभकामना सुनाइ दिनु होला । उहाँको भनाइ जस्ताको त्यस्तै सुनाएको छु । अब सेन्टरले आफ्नो सीप देखाउने बेला आएको छ । लाग्नुस साथीहरू ।`

कार्यक्रममा नीति परामर्श समितिका सदस्य सुशील लामिछानेले संगठन एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । अर्का केन्द्रिय सदस्य शिव सुनारले संगठन मजबुत बनाउन एकजुट भएर सहि मार्गमा हिड्नु पर्ने बताउनु भयो । सेन्टर कै केन्द्रिय सदस्य डा. डक्टप्रसाद धितालले समाजवादी र पुजीवादी बीचको संघर्षका बारेमा बताउनु भयो । डा. धितालले देशमा पुजीवादी प्रवृतिको अन्त्य गर्न बिचार र निष्ठामा एक हुनुपर्ने जिकिर गर्नुभयो ।  त्यस्तै लुम्बिनी प्रदेश सचिव तथा आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष समेत रहनुभएका गजेन्द्र गुरुङले सेन्टर कोहलपुरको तारिफ गर्नु भयो । लुम्बिनी प्रदेश सचिव आलम खानले २०५८ सालको स्मरण गराउदै अहिले पनि त्यसरी नै लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा सेन्टर बाँकेका संयोजक राजेश आचार्य, उपाध्यक्ष तथा पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी बाँके जिल्ला अध्यक्ष विनोद भट्टराई, समाजवादी प्रेस संगठका केन्द्रिय सदस्य कुशल दलामी, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अवराज खड्का लगायतका नेताहरूले शुभकामना मन्तव्य दिनुभयो ।

त्यसैगरी स्वर्गीय दिप बहादुर स्मृति पत्रकारिता पुरस्कार २०८० बाट सामुदायिक रेडियो प्रतिबोध एफ.एम.मा कार्यरत अनिता बिश्वकर्मालाई नगद सहित पुरस्कृत गरिएको थियो । प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, नीति परामर्श समितिका सदस्य सुशील शर्मा, केन्द्रिय सदस्य द्वय शिव सुनार, डा. डक्टप्रसाद धिताल, प्रदेश सचिव द्वोय गजेन्द्र गुरुङ, आलम खान, जिल्ला संयोजक राजेश आचार्य, उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यवाहक अध्यक्ष संगिन शर्मा, महिला उपाध्यक्ष सीता ओली, सचिव के पि घिमिरे र डिल्ली शाही लगायतलाई दोसल्ला ओढाएर साम्मान गरिएको थियो ।  कार्यक्रमकै बीचमा विभिन्न संगठनबाट ४ जना पत्रकारहरु प्रेस सेन्टर नेपालमा प्रवेश गरेका थिए ।

कार्यक्रम सेन्टर कोहलपुरका सचिव शुभाखर विश्वकर्माले संचालन गर्नु भएको थियो भने समापन कार्यक्रमका अध्यक्ष अथवा सेन्टर कोहलपुरका अध्यक्ष पुस्पराज हमालले गर्नुभएको थियो ।

Next Post

प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

२०८० भाद्र ७, बिहीबार २०:५८
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती ढकाल नेतृत्वकाे कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको हो । कार्यसमितिलाई निर्वाचन कार्यालयले प्रमाण पत्र समेत प्रदान गरेको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त जनक […]