भैरहवा । नेपालगन्जबाट यात्रु लिएर राती ८ बजे काठमाडौका लागि उडेको बुद्ध एअरको जहाज खराब मौसमका कारण काठमाडौमा अवतरण गर्न नसकेपछि २ घण्टा ८ मिनेटमा राती १० बजेर ८ बजेको समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो ।
विमानमा आएका यात्रुहरूको आजको बास भैरहवामा नै हुने भएको छ । विमानमा आएका एक यात्रुका अनुसार, सबै यात्रुहरूलाई आजको खाना र बास बस्ने होटेलको व्यवस्था बुद्ध एअरले गरेको बताए । अहिले नेपालगन्जबाट आएका यात्रुहरु होटलमा जानका लागि विमानस्थलबाट बस चढेका छन । सो विमानको पाइलटको फ्लाइट आवरको समय सकिएपछि यात्रुहरुलाई कम्पनीले भैरहवामै राख्ने व्यवस्था गरेको बताइएको छ । जहाज अब भोलि शनिबार बिहान ९ बजेमात्र उड्ने बताइएको छ ।
यो विमानस्थलमा आजै मात्र देशका विभिन्न स्थानबाट काठमाडौका लागि उडेका चारवटा विमानहरु डाइभर्ट भएर आएको बताइएको छ ।