एनसेलले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

  ।   २०७७ भाद्र १९, शुक्रबार ०८:२९

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना फोरजी ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ ।

कम्पनीले आफ्नो अहिले सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका ननस्टप अफरहरु बिहीबार (भदौ १८) देखि सञ्चालनमा आएका छन् ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको बताइएको छ । यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सञ्चालन गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म ननस्टप मजा लिन जनाइएको छ।

यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने भएका छन् । युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको छ ।

त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समयसीमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र १५० रुपैयाँ (करसहित रु १९१.५४०) मा सञ्चालन गर्न सक्नेछन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्युब प्याक ३६० (करसहित ४५९.६८०) रुपैयाँमा खरिद गर्न सक्नेछन् । उज्यालो अनलाइन

Next Post

लकडाउन सुरु भएदेखि अहिलेसम्म १ सय ३३ गर्भवती तथा सुत्केरीको उद्धार

२०७७ भाद्र १९, शुक्रबार ०८:२९
काठमाण्डौ । लकडाउन सुरु भएदेखि अहिलेसम्म देशभरबाट १ सय ३३ गर्भवती तथा सुत्केरीको उद्धार भएको छ । हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ,दोलखा, खोटाङलगायत जिल्लाका गरी १ सय ३३ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धारसम्बन्धी समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले जानकारी दिनुभयो । उद्धार गरिएकाहरुमध्ये […]