अनु चौधरीको स्वरमा ‘बहुरानी’ सार्वजनिक

  ।   २०८१ जेष्ठ २०, आईतवार २०:४७

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने क्रम बढ्न थालेको छ । यस्तै गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक भएको हो ।

समाजमा घटेका र भइरहेका विभिन्न घटनाहरुलाई समेटेर गीत लेखिएको गीतकार प्रमिला बस्नेतले बताउनु भयो ।  एउटा बुहारीको भूमिका परिवारमा धेरै महत्वपूर्ण हुँदाहुँदै पनि बुहारीहरुले भोग्न पर्ने समस्यालाई अलिकति भएपनि मलम लगाउने प्रयास स्वरुप बहु निमार्ण गरिएको छ ।

एउटी बुहारी पनि कसैकी छोरी हो। त्यही छोरी बुहारी भएर कसैको घरमा जाँदा त्यो त काम गर्ने मिसिन बन्न पुग्छिन् भन्ने सन्देश गीतमा रहेको छ ।

अनु चौधरीको स्वर रहेको गीतमा विश्व अधिकारीको एरेन्ज छ । गीतको भिडियोलाई आकर्षक ढंगबाट खिचिएको छ । केशवराज भट्टको निर्देशन रहेको भिडियोमा रिमा विश्वकर्मा , एलिसा शर्मा , सृष्टी सुब्बा , सम्राट अधिकारी , रश्मी श्रेष्ठ, राधिका थापा, प्रतिक्षा लिम्बु र दिपक भुर्तेल को अभिनय छ । भिडियोमा बुद्ध थापाको छायांकन, मिलन विश्वकर्मा सम्पादन रहेको छ ।

Next Post

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

२०८१ जेष्ठ २०, आईतवार २०:४७
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन […]

सम्बन्धित शीर्षक