४४ डिग्री नाघेपछि नेपालगन्जका विद्यालयको बिदा थपियो

  ।   २०८१ जेष्ठ १८, शुक्रबार १६:४४

नेपालगन्ज । नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ।

गर्मीका कारण बालबालिका बिरामी पर्न थालेपछि जेठ १५ गतेदेखि १९ गतेसम्मका लागि दिइएको बिदालाई थप गरेर जेठ २० गतेदेखि असार ७ गतेसम्म थप गरिएको  नेपालगन्ज उपमहानगरले जनाएको छ।

विद्यालयको क्यालेण्डरमा उल्लेख गरिएको गर्मी बिदा समेत मिसाएर जेठ २० गतेदेखि असार ७ गतेसम्म नेपालगन्ज उपमहानगर भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो।

उहाँले गर्मी घट्नुको सट्टा झन् बढ्दै गएर तापक्रमले विगतका वर्षको सबै कीर्तिमान तोड्न थालेपछि बिदा थप गरिएको बताउनुभयो।

चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्तता मात्रामा पानी खुवाउन अनुरोध गरेका छन्।

Next Post

युवतीहरूको सशक्तिकरणका लागि विभिन्न तालिम सञ्चालन

२०८१ जेष्ठ १८, शुक्रबार १६:४४
नेपालगन्ज, । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरबाबा र राजापुर नगरपालिकामा सञ्चालन गरिएका हस्तकलाको सामाग्री बनाउने व्यवसायीक सीप विकास तालिम, गड्यौला मल बनाउने तालिम र अर्गानिक तरकारी खेती तालिम सम्पन्न भएका छन् । क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत ती तालिमहरु सञ्चालन गरिएका थिए । ठाकुरबाबा […]

सम्बन्धित शीर्षक