जिल्ला प्रहरी बाँकेद्वारा एकलाख बढीको अबैध समान बरामद

  ।   २०८० पुष ११, बुधबार १८:३२

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट एक लाख रुपियाँ बढीको भन्सार छलीगरी भारतबाट नेपाल ल्याइएका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले गस्ती गर्नेक्रममा नेपालगन्ज –१५ जमुनाहबाट भारतबाट अवैधरुपमा चोरी पैठारी गरी भन्सार छली गरेर नेपालतर्फ ल्याउँदैगरेको जाडो मौसममा महिलाले लगाउने ८४ थान कपडा कुर्ता सुरुवाल बरामद गरेको जनाएको छ ।

८४ थान कुर्ता सुरुवालको अन्दाजी मूल्य ४६ हजार २ सय रुपियाँ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी नेपालगन्ज –१० गणेशमान चोक नजिकबाट भन्सार छलेर ल्याइएका मोटरसाइकलका पार्टपुर्जा अन्दाजी नौं हजार ९ सय रुपियाँ बराबरको बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले डुडुवा गाउँपालिका –६ बकौलीबाट अवैध सालको गोलिया काठ बरामद गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय हिरमिनिया र डिभिजन वन कार्यालय बाँकेबाट गएको संयुक्त टोलिले उक्त स्थानबाट ५ फिट लम्बाइ ६९ ईन्च गोलाइ भएको साल जातकोे गोलिया काठ बरामद गरेको छ ।

११.९१ क्यूफिट आयतन भएको सो काठको अन्दाजी मूल्य ४६ हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ । गोलिया काठलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय र अन्य सामानलाई नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।

Next Post

बिरेन्द्रनगरमा गाडी दुर्घटनामा परि ६ जना घाइते

२०८० पुष ११, बुधबार १८:३२
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बा कुना नजिक फोर्स गाडी दुर्घटना भएको छ । वीरेन्द्रनगरबाट–नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०१०० नम्बरको फोर्स गाडी बिहीबार बिहान दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी ६ जना यात्रुहरू घाइते भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई पल्टिएको  र घाइतेहरूको सुर्खेत हस्पिटलमा उपचार […]