बर्दिया जिल्लाका चार पालिकाका युवाहरु सहभागि युवा भेला सम्पन्न

  ।   २०८२ जेष्ठ ३०, शुक्रबार १९:१४

नेपालगन्ज । ‘युवा नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता ः सबैको मानव अधिकारको सुनिश्चितता’ भन्ने मुल नाराका साथ बर्दिया जिल्लामा युवा भेला सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबद्धारा प्लान ईन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको शसक्त बालिका परियोजना अन्र्तगत आयोजित सो भेलामा युवाहरुको स्थानीय तहमा बस्तीस्तरबाट योजना छनौट प्रकृया, योजनातर्जुमा प्रकृयाको सातवटा चरणहरुमा सहभागिता, भुमिका, युवा लक्षित कार्यक्रमको प्राथमिकता, स्थानयि तहमा युवाको अर्थपुर्ण सहभागिताका लागि वकालत तथा पैरवी गर्नेबारे बृहत्त छलफल भएको थियो । सोही प्रकारले सो भेलामा युवा क्लव र किशोरी क्लवहरुको सामुदायिक जवाफदेहिता र सामुदायिक सहभागिता, स्थानीय सरकारलाई युवामैत्री सेवा, वातावरण र कार्यढाँचा र उत्तरदायित्व र नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनकालागि क्षमताअभिबृद्धि समेत गरिएको बाँके युनेस्को क्लवका उप निर्देशक गोबिन्द प्रसाद लामिछानेले बताउनुभयो ।

भेलामा सहभागि भएका युवाहरुले युवा भेलाबाट लोकतान्त्रीक मान्यतामा आधारित संघीय संविधानले प्रत्याभुत गरेको सबैको अधिकारको संरक्षण र सम्वद्र्धन एवम् सशक्तिकरण गर्ने उद्देश्यलाई केन्द्र विन्दुमा राखेर युवाको हक, अधिकारको सुनिश्चितता गर्ने प्रतिवद्धता जाहेर गरेको पनि उहाँले बताउनुभयो ।बर्दिया जिल्लाका गुलरिया मधुवन, बाँसगढी नगरपालिका र बढैयाताल गांउपालिकाका ४० जना युवा तथा किशोर किशोरीहरुको सो भेलामा सहभागिता रहेको थियो ।

बर्दिया जिल्लाका चार पालिकाका युवाहरु, स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाको वृहत परामर्शपछि नेपालको संविधान तथा राष्ट्रिय युवा नीति २०७२ अनुरुपका प्रतिवद्धता कार्यान्वयन गर्न मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट, गुलरिया नगरपालिकाका उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मेक बहादुर गुरगं, गुलरिया नगरपालिका योजना विकास अधिकृत मुकुन्द अर्याल र संचारकर्मीहरुले जोड दिनुभयो ।

उहाँहरुले युवाको क्षेत्रमा विगतमा गरिएको कार्य, कार्यक्रमहरु, बजेट विनियोजन, वस्तीस्तरमा योजना छनौट प्रकृयमा युवाको सहभागिता, युवाहरुको मागकाृे सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ । सो भेलाको सहजीकरण बाँके युनेस्को क्लवका उप निर्देशक गोबिन्द प्रसाद लामिछाने र बिष्या बिज्ञ प्रकाश उपाध्यायले गर्नु भएको थियो ।

उक्त युवा भेलामा सहभागि स्वस्तिका खड्का, राजसिंह थारु, मनिषा थारु, पुजा थारुले युवालक्षित गरी विनीयोजित बजेट बाटो र सडक निर्माणमा खर्च नगरी युवाको शिक्षा विकास, क्षमता विकास, उद्यमशिलता विकास, प्राविधिक शिक्षा, आयआर्जनकालागि सिप तालिममा खर्च गरि अगाढी बढन स्थानीय सरकार प्रमुखहरुको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा युवाहरुले स्थानीय सरकार प्रमुखलाई आफ्ना मागहरु समेटेर ज्ञापनपत्र बुझाएका थिए । स्थानीय सरकार प्रमुखहरुले ती मागलाई गम्भिरताका साथ सम्बोधन गर्दै आगामी दिनमा प्राथामिकता दिने र यस वर्षको नीति तथा कार्यक्रममा पनि मागहरु प्रकृयागत रुपमा पेश गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

Next Post

यो सहमतिले आफैंमा गम्भीर प्रश्नहरूको घेरा बोकेको छ—के यो सहमति लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण हो त ? कि सत्ताको साँघुरो गणित मिलाउने रणनीतिक लचीलोपन मात्र ?

सहमतिको राजनीति कि रणनीतिक आत्मसमर्पण ?

२०८२ जेष्ठ ३०, शुक्रबार १९:१४
डा. डक्ट प्रसाद धिताल हालै सम्पन्न संसदसम्बन्धी सहमति फेरि एक पटक नेपाली राजनीतिमा बहसको केन्द्र बनेको छ। अध्यागमन र भिजिट भिसासम्बन्धी विषयमा माओवादी केन्द्रले उठाएको मुद्दा सत्तापक्षसँग भएको सहमतिपछि केही समयका लागि विश्राममा गएको छ। तर, यो सहमतिले आफैंमा गम्भीर प्रश्नहरूको घेरा बोकेको छ—के यो सहमति लोकतान्त्रिक अभ्यासको सशक्त उदाहरण […]