“विश्वको सुरक्षा प्रस्ताव : सुरक्षा दुविधा समाधान गर्ने चिनियाँ योजना” मञ्च बेइजिङमा शुरु

  ।   २०७९ फाल्गुन ९, मंगलवार १६:४०

संवाददाता ।

“विश्वको सुरक्षा प्रस्ताव : सुरक्षा दुविधा समाधान गर्ने चिनियाँ योजना” शीर्षकको मञ्च आजदेखि बेइजिङमा सुरू भएको छ ।

चिनियाँ परराष्ट्रमन्त्री छिन काङले उद्घाटन समारोहमा सम्बोधन गर्दै चीनबाट “विश्वको सुरक्षा प्रस्तावसम्बन्धी दस्तावेज” सार्वजनिक भएको घोषणा गर्नुभएको छ ।

उहाँका अनुसार, उक्त दस्तावेजले राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत विश्वको सुरक्षा प्रस्तावको केन्द्रीय विचार तथा सिद्धान्तबारे व्याख्या गर्नुका साथै सहयोगको दिशा, मञ्च तथा व्यवस्थालाई स्पष्ट पारेको छ ।

जसबाट चीनले विश्वको शान्तिको संरक्षण गर्ने जिम्मेवार र सुदृढ अठोट देखाइएको छ ।

चीनले विभिन्न देशहरूसँग विश्वको सुरक्षा प्रस्तावबाट देखिएको दिशाअनुसार हातमा हात मिलेर एकता तथा सहकार्य गरी दीर्घकालीन शान्तिपूर्ण तथा सार्वजनिक सुरक्षित सुन्दर भविष्यमा प्रवेश गर्ने प्रतीक्षा गरेको छ ।

सीआरआइ नेपाली सेवाबाट

Next Post

साविक परीक्षा केन्द्र खारेज गर : विद्यार्थी

२०७९ फाल्गुन ९, मंगलवार १६:४०
संवाददाता, नेपालगंज । साविक परीक्षा केन्द्र खारेज गरी नयाँ परीक्षा केन्द्र कायम गरिनुपर्ने माग सहित कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट नेपालगंजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । विद्यार्थीहरुको माग सुनुवाई नभएको भन्दै अनिश्चितकालिन रुपमा कलेज प्रशासनमा तालावन्दी समेत गरिएको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनहरुको अगुवाईमा शुरु गरिएको […]