नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसी भनाई

  ।   २०८० असार २७, बुधबार १७:३९

एजेन्सी ।

रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताउनु भएको हो ।

पश्चिमाहरुको विवेकहीन युद्धमोहले घातक अन्त्य बाहेक अरु केही निम्त्याउँदैन र त्यो भनेको तेस्रो विश्वयुद्ध रहेको मेदभेदेवको भनाइ थियो । रुसका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीसमेत रहनुभएका मेदभेदेव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मानिनुहुन्छ ।

मेदभेदेवको पछिल्लो टिप्पणीले रुसी उच्च नेतृत्वको मानसिकता झल्काउने विश्लेषण गरिएको छ ।

इमेज खबरबाट

Next Post

खुर्सानीमा भविष्य खोज्दै प्युठानका युवा

२०८० असार २७, बुधबार १७:३९
प्युठान । गौमुखी गाउँपालिका प्युठानका एक युवाले आफ्नै गाउँमा खुर्सानी खेती गर्न सुरु गर्नु भएको छ। देशका युवा सबै बिदेशमा पलायन भइरहेको समयमा उहाँ भने आफ्नै खेतबारीमा नङ्ग्रा खोर्सदै खुर्सानीमा भबिष्य खोज्न लाग्नु भएको हो । प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ३, रजवाराका युवा व्यवसायी रमेश राना अहिले खुर्सानीका बेर्नासहित […]

सम्बन्धित शीर्षक