काठमाण्डौ । बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै गएको छ ।
राष्ट्रपति एलेक्जेडर लुकासेन्कोविरुद्ध हजारौँ मानिस सडकमा आएपछि अवस्था तनावपूर्ण बनेको हो । राजधानी मिन्स्कलगायतका ठाउँमा धेरैको संख्यामा प्रहरी खटाइएको बीबीसीले जनाएको छ।
अहिलेसम्म १ सय २५ जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले राष्ट्रपतिले पद छाड्नुपर्ने बताउँदै आएका छन् ।
गएको अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुँदै आएको छ । उज्यालो अनलाइन