इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्षबाट सुरु गर्ने तयारी

  ।   २०७८ पुष ९, शुक्रबार १७:११

संवाददाता ।

इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सात दिनपछि सुरु गर्ने तयारी भएको छ । टाइम्स अफ इन्डियाका अनुसार भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि अर्थात् मध्यपुसबाट सुरु हुनसक्ने भएको हो ।

उक्त रेल नेटवर्कलाई जयनगर–कुर्था, कुर्था–बिजिलपुरा र बिजिलपुरा–बर्दिबास गरी तीन चरणमा सम्पन्न गर्ने जिम्मा इर्कोन इन्टरनेशनल लिमिटेडले पाएको छ। यसभित्र ६८ किमि दूरी पर्छ ।

ईसीआरका प्रमुख जनसम्पर्क अधिकृत (सीपीआरओ) राजेश कुमारले जयनगर–कुर्था रेलसेवा पूर्ण तयार भइसकेको बताउनुभयो । नेपालले भारतीय कम्पनी कोंकण रेलवेबाट दुईवटा रेल नेपाललाई गत वर्ष नै हस्तान्तरण गरिसकेको छ ।

रेल ल्याए पनि नेपालले सञ्चालन अझै सुरु गर्नसकेको छैन । जयनगर–कुर्था ट्राकको परीक्षण समेत सम्पन्न भइसकेको छ । जयनगर–कुर्था रेल सञ्चालनमा आएपछि दुवै देशको टोलीले कुर्था–बिजिलपुरा ट्राकको अनुगमन र उच्च गतिको रेल सञ्चालन गरेर परीक्षण गर्नेछन ।

तेस्रो फेजमा बिजिलपुरादेखि बर्दिबाससम्म १७ किमि रेल ट्राक बन्नेछ । तर यसका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्नै बाँकी छ । सोही कारण नयाँ रेल लाइन र स्टेसन भवन निर्माणको काम हुनसकेको छैन ।

जयनगरदेखि बर्दिबाससम्म रेल चल्दा भने आठ स्टेसन हुनेछन् भने छ ठाउँमा रेल रोकिनेछन ।

सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारु हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

सीआरआइ नेपाली सर्विसबाट

Next Post

बालबिबाह अन्त्य गर्न राष्ट्रिय कार्ययोजना बनाउन पैरवी र दवाव, मन्त्रीलाई ज्ञापन पत्र

२०७८ पुष ९, शुक्रबार १७:११
नेपालगञ्ज । बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना तयार गरी कार्यन्वयन गर्न दवाव दिने उदेश्यले बाँके र बर्दियाका सरोकारवालाले संघीय मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । सो का लागि प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सरोकारवालासंगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेर पैरवी बैठकको आयोजना गरेको […]

सम्बन्धित शीर्षक