इजरायली भुमिमा ज्यान गुमाएका १०नेपाली विद्यार्थीहरुको संझनामा नेपालगन्जमा दीप प्रज्ज्वलन

  ।   २०८० आश्विन २३, मंगलवार २२:३३

नेपालगन्ज । नेपालगन्जको मुटु बिपी चोकमा सधैं जसो भिड हुनेगर्छ । जमुनाह कोहलपुर सडक खण्ड यस सुर्खेत रोडमा ठूला गाडी, मझौला, साना कार र मोटरसाइकलले ब्यस्त नै हुन्छ । त्यहीँ व्यस्त बिपी चोकमा मंगलबार साँझ बत्तीको झिलिमिलि थियो । यो कुनै खुसियालीको झिलिमिली थिएन । यिनै नेपाली विद्यार्थी जुन इजरायलमा विद्रोही संगठन हमासको आक्रमणमा परी  ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन हुदै थियो ।  अखिल (क्रान्तिकारी) का उपमहानगरदेखि केन्द्रिय सचिबसम्मका विद्यार्थी नेताहरुको उपस्थितिमा सो दीप प्रज्ज्वलन कार्यक्रम भएको हो ।            विद्रोही संगठन हमासको आक्रमणमा परी सुदुर पश्चिम विश्वविद्यालयबाट कृषि विषय लिएर लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलको किबुजस्थित कृषि फारममा इन्टर्नमा रहेका अखिल क्रान्तिकारीका सुद्रुर पश्चिम विश्वविद्यालयका राष्ट्रिय समितिका सचिव गणेश कुमार नेपाली लगायत १० जना विद्यार्थीहरु इजरायल र प्यालेसटाइनको सिमावर्ति सहर गाजामा असोज २० गते सनिवार हमास समुहले गरेको हमलामा परी मृत्युु भएको थियो भने केही घाइते भएका छन् ।  मनको मैला फाल्ने र ज्ञानको थैला भर्ने उद्देश्यका साथा इजरायल पसेका १० को मृत्युले अहिले नेपाल शोक मग्न छ ।                दीप प्रज्ज्वलन कार्यक्रममा विद्यार्थी संगठनका नेताहरूले नेपाल सरकारलाई मृतक विद्यार्थीहरुको लास नेपाल ल्याउन तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन् । घाइतेहरुको उपचार र अन्य इजरायलमा भएका नेपालीहरुलाई आवश्यकता अनुसार तत्काल नेपाल  फर्काउन सरकारले कदम चाल्न विद्यार्थीले दबाब दिएका छन् । दीप प्रज्ज्वलन बिपी चोकमा मात्र नभएर नेपालगन्जका विभिन्न स्थानमा गरिएका छन् । अनेरास्ववियु, असल शासन बागेश्वरी कलब लगायतका संस्थाहरुले पनि दीप प्रज्ज्वलन कार्यक्रम नेपालगन्जका भिन्ना भिन्नै स्थानमा गरेका हुन् ।                    दीप प्रज्ज्वलन कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ति मगर, केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश सह (इन्चार्ज) तुल्सीमणी के.सी. लुम्बिनी प्रदेश सह (इन्चार्ज) बिनोद बराल, केन्द्रिय सदस्य तथा बन्के जिल्ला इन्चार्ज सुरेन्द्र शाह (जम्बो) र जिल्ला सचिव सुनिल बटाला लगायत सो कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।            दीप प्रज्ज्वलन कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) नेपालगंज उपमहानगर कमिटी अध्यक्ष  बिष्णु बनोजियाले गर्नुभएको थियो । यतिखेर देश शोकमग्न छ । इजरायलमा भएका नेपालीहरु नेपाल फर्किन चाहन्छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) स्वंयम लाग्नु भएको छ ।

Next Post

जुम्लाका एमाले नेता शाही विरुद्ध बालबालिका विरुद्धको कसुर मुद्दा दर्ता

२०८० आश्विन २३, मंगलवार २२:३३
सुर्य प्रसाद धिताल जुम्ला । नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धकाे कसुरमा मुद्दा दर्ता भएकाे छ । एक १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेकाे आराेपमा नेता शाहीविरूद्व मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएकाे हाे । यसअघि शाहीले तातोपानीकी एक किशोरीलाई यौनजन्य क्रियाकलापका लागि […]