डुडुवा द्वारा फ्रन्टलाइनमा खटिएका स्वास्थ्य कर्मीलाई लक्षित गरि स्वाब संकलन

  ।   २०७७ भाद्र २८, आईतवार २२:४५

बाँके । स्वस्थ्य कर्मीहरुको अवस्था हेरी डुडुवा गाउँपालिकाले स्वास्थ्य कर्मी सहित १३ जनाको स्वाब संकलन गरेको छ । स्वास्थ्य कर्मीको स्वास्थ गडबडी भएपछि डुडुवा गाउपालिकाले आपत्कालीन रुपमा वडा नं ४ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी सहित १३ जनाको कोरोना संक्रमण परीक्षण गरिएको स्वास्थ्य कर्मी सिमा खानले बताउनु भयो ।

नेपालगन्ज स्थित भेरी अञ्चलको प्रयोगशालामा गरिने परीक्षणका लागि आइतबार आधारभूत स्वास्थ्य केन्द्र शाहपुर्वा‌मा स्वाब संकलन गरिएको थियो ।
डुडुवाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्याय, अधिकारकर्मी आलम खान र स्वास्थ्यकर्मी सहित १३ जनाको स्वाब लिई भेरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको स्वास्थ्य संयोजक धन बहादुर बुढाले जानकारी दिनुभयो ।
आइतबार दिइएको स्वाबको नतिजा सोमबार बेलुका सम्म आउने जनाइएको छ ।

यता सिकिस्त बनेकि स्वास्थ्यकर्मी डुडुवामा पहिलो चरणमा स्थापना गरिएको आइसोलेसन डुयुटि समेत गरे पनि लामो समय सम्म कुनै स्वास्थ्य समस्या नदेखिए पनि एकाएक शनिबार मध्यरातमा ज्वरो र शरिर दुखाइ सुरु भए पछि गाउँपालिकालाई जानकारी गराउने बित्तिकै गाउँ पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पछि स्वास्थ्य संयोजकले स्वाब संकलन गर्ने टोलि शाहपुर्वा आधारभुत स्वास्थ्य केन्द्रमा पठाएर स्वाब संकलन गर्नु भएको थियो । सिकिस्त बनेकि स्वास्थ्यकर्मीको स्वास्थ्यमा सुधार आएको गाउँपालिकाले जनाएको छ । यता डुुडुवाले आफ्नो पालिका स्वाब संकलन गरि परिक्षण गराउने कार्यलाई तिव्र पारेको छ ।

Next Post

आज १६ महिला र २४ पुरुष सहित ४० जना संक्रमित डिस्चार्ज हुँदै

२०७७ भाद्र २८, आईतवार २२:४५
बाँके । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट आज सोमबार १६ महिला सहित ४० पुरुषहरु कोरोना जितेर डिस्चार्ज हुँदै छन् । स्वस्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठका अनुसार ४० संगै हालसम्म १ हजार ३४ जना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ९६ जना संक्रमित उपचाररत छन् […]