विश्व अर्बपति सूचीमा नेपालका उद्योगी तथा सांसद विनोद चौधरी १६४७ औ स्थानमा पुग्न सफल

  ।   २०७९ चैत्र २२, बुधबार १५:००

संवाददाता ।

चर्चित म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ को विश्व अर्बपति सूचीमा नेपालका उद्योगी तथा सांसद विनोद चौधरी १६४७ औ स्थानमा रहेको देखाएको छ ।

फोब्र्सका अनुसार उहाँको कुल सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको हो । ६७ वर्षका चौधरीको सम्पत्ति स्रोत विविध रहेको देखाइएको छ ।

यता फोब्र्सको वार्षिक विश्व अर्बपति सूचीमा एलन मस्कलाई पछि पार्दै बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनी बन्नुभएको छ । दोस्रो स्थानमा धकेलिनुभएका मस्कको सम्पत्ति १ खर्ब ९२ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ ।

पहिलो स्थानमा रहनुभएका बर्नार्डको कुल सम्पत्ति २ खर्ब २८ अर्ब डलर रहेको छ ।

Next Post

जातीय छुवाछुतका घटना नहुने किसिमको अभियान सञ्चालन गर्न माओवादी सांसदद्धारा सरकारलाई ध्यानाकर्षण

२०७९ चैत्र २२, बुधबार १५:००
संवाददाता, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराईलीले जातीय छुवाछुतका घटना आइन्दा नहुने किमिसको अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले देशका विभिन्न ठाउँमा जनप्रतिनिधिबाटै जातीय छुवाछुतका घटना भइरहेका बेला यस्ता घटना नहुने किमिसको अभियान सरकारलाई सञ्चालन गर्न संसदमार्फत […]

सम्बन्धित शीर्षक