टोकियो ओलम्पिक नजिकिँदै गर्दा ओलम्पिक भिलेजमा कोरोना सङ्क्रमित भेटिए

  ।   २०७८ श्रावण ३, आईतवार ०७:१५

काठमाण्डौ । टोकियो ओलम्पिकको सुरक्षित भनिएको ओलम्पिक भिलेजभित्रै कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । विदेशबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भएको टोकियो ओलम्पिकको आयोजक कमिटीले पुष्टि गरेको छ ।

सङ्क्रमित व्यक्ति खेलाडी नभएका आयोजक कमिटीले जनाएको छ । आयोजकले कोरोना सङ्क्रमितको परिचय गोप्य राखेको छ । कोरोना सङ्क्रमण देखिएपछि उनलाई छुट्टै आइसोलेशनमा राखिएको छ । टोकियो ओलम्पिक सुरु हुन केही दिन बाँकी रहेको समयमा ओलम्पिक भिजेलमै कोरोना सङ्क्रमित भेटिएको हो । प्रतियोगिता आउँदो २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ ।

कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेको भन्दै टोकियो ओलम्पिक आयोजकको आलोचना भइरहेको छ । आयोजकले भने पूर्ण सुरक्षाका साथ प्रतियोगिता हुने दाबी गर्दै आएको छ । आयोजकले खेलाडीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएको छ ।

Next Post

प्रतिनिधि सभाको बैठक आज

२०७८ श्रावण ३, आईतवार ०७:१५
काठमाण्डौ | सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सङ्घीय संसदको अधिवेशन आज सुरु हुँदैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकको सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ । आजको लागि संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र र केही शोक […]