कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा विभिन्न ब्यक्तिलाई पनि सम्मान

  ।   २०८० असार ३, आईतवार १७:१८

संवाददाता, नेपालगंज ।

नेपाल मार्सल आर्ट्स हाप्किडो संघ बाँकेले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेको छ ।

सोही कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल रही समाजमा उल्लेखनीय योगदान पुर्याइरहेका व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ ।

जसमा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार सिराज खान, पत्रकारिता बिधाबाट विद्यावारिधी गर्नुभएका रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका स्टेशन म्यानेजर डाक्टर डक्टप्रसाद धिताल, पत्रकार लक्ष्मी तिमिल्सेना, कृषि विकास बैंक न्युरोड शाखामा कार्यालय सहायक पदमा कार्यरत धारणा आचार्य हुनुहुन्छ ।

संघका अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष प्रशान्त श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको संघका सचिव गङ्गा पुनले जानकारी दिनुभयो ।

Next Post

Leaders announce formation of Socialist Front

२०८० असार ३, आईतवार १७:१८
19 June KATHMANDU . Leaders of the ruling parties along with the once banned Maoist outfit have come together to form the Socialist Front Nepal. The leaders announced the formation of the Socialist Front Nepal amid a formal program at the City Hall on Monday. The front came into existence […]