‘बी’ डिभिजन लिगमा युथ क्लब र बाँसबारी क्लब भिड्दै

  ।   २०७७ फाल्गुन २१, शुक्रबार ०७:१२


काठमाण्डौ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब र तेस्रो स्थानमा रहेको बाँसबारी क्लबबीचको खेल हुँदैछ ।

दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानमा रहेको सातदोबाटोले अङ्क सुधार गर्दै आफ्नो स्थान कायमै राख्ने दाउमा छ ।

आजको खेल हारेमा सातदोबाटोले शीर्ष स्थान गुमाउने सम्भावना छ । सातदोबाटो २२ अङ्कसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबको पनि २२ अङ्क नै रहेको छ ।

यसैबीच एन्फा कम्प्लेक्समा नै दिउँसो साढे ३ बजे मध्यपुर युथ एशोसिएसन र पुलचोक स्पोर्टस् क्लबबीचको खेल हुँदैछ ।

मध्यपुर ७ अङ्कसहित १० औँ स्थानमा रहेको छ भने पुलचोक २ अङ्कसहित तालिकाको पुछारमा छ ।

Next Post

ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै

२०७७ फाल्गुन २१, शुक्रबार ०७:१२
काठमाण्डाै | प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् । आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक […]

सम्बन्धित समाचार