२९औं जनयुद्ध दिवसमा अन्तरक्रिया: जनयुद्धको जगमा आजको राज्यव्यवस्था

  ।   २०८० फाल्गुन १, मंगलवार २२:१२

सबिता चन्द

नेपालगन्ज । जनयुद्धको जगमा स्थापित लोकतन्त्रका उपलब्धि मै अधिकांश वक्ताहरू केन्द्रित भए । महान जनयुद्धको जगमा आजको परिवर्तित राज्यव्यवस्था प्राप्त भएको हो भन्दै वक्ताहरूले निष्कर्ष निकालेका थिए । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको ´आजको सन्दर्भमा जनयुद्ध` विषयक अन्तरक्रिया कार्यक्रममा सो निष्कर्ष निकालिएको हो ।

मंगलबार नेपालगन्जको द ग्यालेक्सी दरबारमा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष रतन बहादुर शाहीले कार्यपत्र प्रस्तुत गरिसकेपछि वक्ताहरूले आआफ्ना धारणा राख्नु भएको थियो । कार्यपत्रमा अध्यक्ष शाहीले माहान जनयुद्धको कारण आज देशमा आदिवासी, जनजाति, मधेसी, मुस्लिम, महिला लगायत समग्रले अधिकार प्राप्त गरेको उल्लेख गर्नुभएको थियो । अध्यक्ष शाहीको कार्यपत्र पछि कार्यक्रमका वक्ताहरूले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउपालिकाका अध्यक्ष डम्बरबहादुर बिक (तुफान)ले यो व्यवस्थाको पिता माओवादी पार्टी नै हो भन्ने स्थापित गराउनु छ भन्नुभयो । अध्यक्ष तुफानले भन्नुभयो,´हामीले ल्याएको व्यवस्था हो भनेर जान्यायाधीश  सकेनौं भने अझै पनि अरु कसैले भजाएर त्यहीँ वयवस्थामा डण्डा लगाएर माओवादीलाई सिधा्याउने प्रपन्च हुनसक्छ ।` अध्यक्ष तुफानले माओवादीले एउटा सिङ्गो माओवादी बनाएर जानुको विकल्प नरहेको कुरामा जोडदिनु भयो । बाम विश्लेषक तथा पत्रकार नरेन्द्रजंग पिटरले जनयुद्धका सहिदहरुलाई सम्झिदै भावुक बनेर साहित्यमा आफ्ना विचार प्रस्तुत गर्नु भयो ।

विभिन्न उपमा र कथामा विश्लेषक पिटरले जनयुद्धको औचित्यमाथि प्रकाश पार्नु भयो । त्यस्तै बुद्धिजीवी भुवन गैरेले जनयुद्धलाई समर्थन गर्दै सडकबाट पनि स्वतन्त्र व्यक्तिले आफू माओवादी भनेर खुल्न पाउनु पर्‍यो भन्नू भयो । गैरेले माक्सवाद, आजको समाजवाद र बैज्ञानिक समाजवादमाथि टिप्पणी गर्नुभयो । माओवादी विच लडाइ भएर विस्तारै सिद्धिदै जाने कि सुध्रिदै जाने ? भनेनन्  प्रश्न गर्नुभयो ।

बुद्धिजीवी गैरेले भन्नुभयो, ´ नेताले आफ्नो आचरण सुधार्न पर्‍यो । अन्यथा माओवादीका नेता भनेर नि लाज मान्नुपर्ने बेला आएको छ ।` अन्तरक्रिया कार्यक्रममा प्रदेश सदस्य गेहराज रिजाल (नवीन), अब्दुल वाहिद मन्सुरी (चुन्ना) डा. डक्टप्रसाद धिताल, मोहन अर्याल लगायतका वक्ताहरूले आ आफ्ना धारणा राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सचिव प्रेमबहादुर शाहले गर्नुभएको थियो ।

Next Post

सिकलसेल थालेसिमिया रोगको निदान र उपचारलाई स्वस्थ्य विमामा समेट्न मन्त्री नमूनाको आग्रह

२०८० फाल्गुन १, मंगलवार २२:१२
नेपालगन्ज । लुम्बिनी प्रदेसका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बिमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बिमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको […]