सिकलसेल थालेसिमिया रोगको निदान र उपचारलाई स्वस्थ्य विमामा समेट्न मन्त्री नमूनाको आग्रह

  ।   २०८० फाल्गुन ३, बिहीबार १०:१४

नेपालगन्ज । लुम्बिनी प्रदेसका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बिमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बिमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वोर्डका कार्यकारी निर्देशक डा. बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीहरुको निदान र उपचार स्वास्थ्य बिमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीहरुले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बिमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा थैलीमा सूचिकृत गर्नका लागि अनुरोध गर्नुभएको थियो ।

सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बिमामा समेटेपनि बिमा गरेका यस रोगका बिरामीहरुले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् । सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीनरुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बिमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।

Next Post

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

२०८० फाल्गुन ३, बिहीबार १०:१४
काठमाडौँ,  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड […]