समाचारदाता
नेपालगन्ज । बाँके युनेस्को क्लबले मानवबेच विखन विरुद्ध जनचेतना फैलाउने उदेश्यले बाँकेको खजुरामा एक अन्तर संवाद कार्यक्रमको आयोजना गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबद्धार सञ्चालन गरिएको प्रोटेक्ट परियोजना अन्तर्गत मानवबेचविखन नियन्त्रणका लागि खजुरा ८ चमकदारपुरमा सो अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको हो ।
मानवबेचविखन रोक्नका लागि नयाँ पुस्ता र पुराना पुस्ताविच संवाद गराएर चेतना फैलाउने उदेश्यका साथ सो अन्तर संवाद कार्यक्रमको आयोजना गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।
उहाँले कार्यक्रममा भएको छलफल र अन्तरक्रियाबाट सो क्षेत्रका किशोरी र महिला दुबै मानवबेचविखनका विरुद्धमा जागरुक भएको पाईएको पनि बताउनुभयो ।
खजुरा वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष मुडुवा साईले अन्तर संवादको अध्यक्षता गर्दै मानवबेचविखन सबैभन्दा ठुलो अपराध भएको बताउँदै त्यस्तो अपराधबाट सबै जोगिनु पर्ने र अरुलाई पनि जोगाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी चौकी रनियापुरका प्रमुख सई प्रविर खड्काले मानवबेचविखन जस्तो जघन्य अपराधलाई प्रहरीले एक्लै रोक्न नसक्ने जनाउँदै त्यसका लागि समाजका सबै वर्गको सहयोग चाहिएको बताउनुभयो ।
उहाँले किशोरी र महिलाहरु विशेष गरि सो बारेमा चनोखो हुनु आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
सो अवसरमा आमा समुह, किशोरी समुहका पदाधिकारी र सदस्यहरु लगायत युथ एम्बेसडर मन्जु थापाको पनि सहभागिता रहेको थियो ।
उक्त अन्तर संवाद कार्यक्रमको सहजीकरण शंकर न्यौपानेले गर्नु भएको परियोजनाका फिल्ड सुपरवाइजर शंकरसिंह थारुले बताउनुभयो ।