गर्मी बढेको भन्दै कोहलपुर क्षेत्रमा पनि विद्यालय बन्द गरिदै

  ।   २०८० जेष्ठ २१, आईतवार १२:५४

file photo.

प्रमिला चौधरी, नेपालगंज ।

गर्मी बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका अन्र्तगत पर्ने सबै विद्यालयहरु सोमबार (२२ गते) देखी मंगलबार (२४ गते) सम्म बन्द गरिने भएको छ ।

कोहलपुर नगरपालिकाले आज एक सूचना जारी गरि सबै विद्यालयहरुलाई वर्षे विदाबाट मिलान हुने गरी विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको हो ।

मौसम परिवर्तन भई गर्मी कम नभए विदा थप हुन सक्ने भएकाले पूर्व निर्धारित परीक्षा कार्यक्रम तथा विद्यालय प्रशासन आवाश्यकता अनुसार सञ्चालन गर्न सूचनामा भनेको छ ।

यता गर्मी बढेपछि नेपालगंज उपमहानगरपालिका अन्र्तगत पर्ने विद्यालयहरु पनि अहिले बन्द भएका छन । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार आगामी २४ घण्टा देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ–गर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अत्याधिक गर्मी तथा मेघ–गर्जन-चट्याङ्ग बाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ ।

आज विहान ८ बजेर ४५ मिनेटको विवरण अनुसार नेपालगंज वरपरको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २३ डिग्री सेल्सियस रहेको थियो । दिउँसो पख भने यो तापक्रम ह्वातै बढ्ने गर्दछ ।

  • जारी सूचना यस्तो छ ।

 

Next Post

राप्ती नदी, सिधनिया घाटमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास

२०८० जेष्ठ २१, आईतवार १२:५४
सुर्य प्रसाद धिताल, नेपालगंज । बाँकेको राप्ती नदी, सिधनिया घाटमा आज बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस लगायत विभिन्न सामाजिक संघ–संस्थाको पहलमा वाढी र त्यसले पुरयाउने क्षति, प्रभावकारी समन्वय कसरी गराउने भन्ने उद्देश्यले यस्तो कृत्रिम […]