चर्किदै गएको विवाद मिलाउन निर्मित एमाले कार्यदलको बैठक बस्दै

  ।   २०७८ असार २२, मंगलवार ०९:१३

नेपालगन्ज । लामो समय देखि  विवादमा भासिदै गएको नेकपा (एमाले) को पार्टी एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार बस्ने भएको छ ।

दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका  संयोजक एमाले उपाध्यक्ष भिम रावलले  जानकारी दिनुभयो ।

एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: जुरमुराएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको स्रोतले बताएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुको विश्लेषण छ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक हुनुहुन्छ भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल लगाएतका नेताहरू हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

Next Post

लुम्बिनी प्रदेशका २५ जना पत्रकारले कोभिड वीमा वापतको रकम पाए

२०७८ असार २२, मंगलवार ०९:१३
प्रेम विश्वकर्मा, नेपालगन्ज । लुम्बिनी प्रदेशका २५ जना पत्रकारले कोभिड–१९ वीमा वापतको रकम पाएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा शिखर इन्सुरेन्स मार्फत कोभिड संक्रमित पत्रकारले गरेको दावी अनुसार रकम प्रदान गरिएको हो । प्रदेश अध्यक्ष मौसम रोकामगरको कार्यकालमा जिल्ला शाखाको सिफारिसमा १२ वटै जिल्लाका पत्रकारहरूको जोखिमलाई […]

सम्बन्धित शीर्षक