बर्दियाका चर्चद्वारा भोटेकोशी बाढीपीडितका लागि रु. ४ लाख २० हजारभन्दा बढी राहत हस्तान्तरण

  ।   २०८३ भाद्र १७, बुधबार ०६:४२

गुडन्युज, सम्बाददाता

बर्दिया । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्लाका बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि बर्दियास्थित इसाई समुदायले उल्लेखनीय मानवीय सहयोग गरेको छ । इसाई समाज बर्दियाले जिल्लाभरिका चर्च तथा इसाई समुदायबाट संकलित रु. ४ लाख २० हजार ५८० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी त्यसको भौचर बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन हमाललाई मंगलबार हस्तान्तरण गरेको हो ।

इसाई समाज बर्दियाका अध्यक्ष मोहन सिंह खत्रीको नेतृत्वमा जिल्लाका सबै पालिका तथा एरिया इसाई समाज मातहतका चर्च, मण्डली, पास्टर, अगुवा र विश्वासीहरूको सामूहिक आर्थिक सहयोगबाट उक्त रकम संकलन गरिएको समाजले जनाएको छ ।हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोगन हमालले प्राकृतिक विपद्को कठिन घडीमा बर्दियाका इसाई समुदायले देखाएको एकता, मानवीय भावना र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारको सहकार्यले विपद् व्यवस्थापनमा ठूलो योगदान पुग्ने बताउनुभयो ।

इसाई समाज बर्दियाले रसुवाका बाढीपीडित परिवारहरूको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाभरका इसाई समुदाय एकजुट भएर आर्थिक सहयोग संकलन गरेको जनाएको छ।यस अवसरमा राहत संकलन अभियानमा प्रार्थना गर्दै आर्थिक सहयोग गर्ने बर्दियाका सम्पूर्ण चर्चका पास्टर, अगुवा, विश्वासी तथा इसाई समुदायप्रति इसाई समाज बर्दियाले हृदयदेखि आभार व्यक्त गरेको छ । समाजले विपद्को समयमा मानवीय सेवा नै साँचो विश्वासको अभ्यास भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा निरन्तर साथ रहने प्रतिबद्धता जनाएको छ ।

Next Post

The Top Things Regarding Quickz Casino As Per Players

२०८३ भाद्र १७, बुधबार ०६:४२
I went through player reviews and tried out Quickz Casino to see what UK players truly appreciate. The same compliments keep appearing: fast withdrawals, a clean interface, and a curated game lobby instead of a bloated catalogue. Here’s a breakdown of the features players mention most as the reasons they […]