महिला विभागले गर्‍यो मजदुरहरुलाई राहत वितरण

  ।   २०७७ भाद्र २३, मंगलवार २३:२०

नेपालगन्ज । कोभिड १९ को आहतमा राहत भन्ने नारा सहित अाज मंगलबार समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभाग काठमाडौं द्वारा कोभिड १९ नोभेल कोरोना भईरसका कारण मारमा परेका ट्रेड युनियन महासंघमा अावद्ध मजदुरहरुलाई राहत वितरण गरिएको छ ।

राहत स्वरुप ७० केजी दाल, ७० लिटर तेल, ७० केजी नुन, र ३५ बोरा चामल ७० जना मजदुरहरुलाइ वितरण गरेको ट्रेड युनियन महासंघले जनाएको छ । समाजबादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष नवराज दाहलको हातबाट एक कार्यक्रमका बीच रहात वितरण भएको हो । राहत कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका दाहालले मजदुर बर्गलाइ राहत उपलब्ध गराएकोमा धन्यवाद दिनु भयो । अध्यक्ष दाहालले भन्नुभयो, ” कोभिड १९ को महामारीले देश नै थिला थिला परेको बेला मजदुर बर्गलाइ लक्षित गरि राहत वितरण गर्नु आफैमा धेरै राम्रो काम हो । यस्ता कार्य गर्नु हाम्रो दाइत्व पनि हो ।”

अधिकांश सहभागी अतिथिहरुले महिला विभागको प्रशंसा गर्नुभएको थियो । राष्ट्र निर्माण तथा देशकै आधारभूत गरिखाने वर्गको रुपमा स्थापित मजदुर वर्गलाइ माया गरेर राहत वितरण गरेको कुराले समाजमा सकारात्मक प्रभाव पारेको विशेष अतिथि डंगोलले बताउनु भयो ।

राहत वितरण कार्यक्रममा विशेष अतिथि काठमाण्डौं महनगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्ध कुमार डंगोल, महानगरीय प्रहरी निरीक्षक जनक ढुंगाना, महासंघका केन्द्रीय पदाधिकारी लगायत महिला विभागका सबै टोलिको उपस्थिति रहेको थियो ।

Next Post

आज केही ठाउँमा अति ठूलो वर्षा, बाढी–पहिरोको उच्च जोखिम

२०७७ भाद्र २३, मंगलवार २३:२०
काठमाण्डौ । देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ । ती जिल्लामा साना देखि ठूला खोला तथा नदीमा […]