बाँके । बाँकेमा कोरोना सङ्क्रमितको संख्या तीन हजार एक सय नाघेको छ ।
गएको २४ घण्टामा ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या तीन हजार १४७ जना पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा ११७ जनाको पीसीआर परीक्षण भएको हो ।
यस्तै गएको २४ घण्टामा ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या दुई हजार ८२४ जना पुगेको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
अब बाँके जिल्लामा २९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
बाँकेमा बिरामी निको हुने दर ८९.७४ प्रतिशत, मृत्यु दर ०.९५ प्रतिशत र रोगको प्रकोप दर ०.५२ प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।