कोरोनाबाट बाँकेका एक ६० वर्षीया महिलाको मृत्यु, मृतक संख्या ३१ पुग्यो

  ।   २०७७ कार्तिक १५, शनिबार २०:११

बाँके । बाँकेमा कोरोनाका कारण ६० वर्षीया महिलाको शनिबार मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहनु भएका नेपालगन्ज उपमहानगरपालिका २० का ६० वर्षीया महिलाको साँझ ५ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।

 

Next Post

कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

२०७७ कार्तिक १५, शनिबार २०:११
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताउनुभएको छ । उहाँले कोभिड सङ्क्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताउनुभएको हो । शनिबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन०का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले […]