कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

  ।   २०७७ कार्तिक १५, शनिबार २०:३५

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले कोभिड सङ्क्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताउनुभएको हो । शनिबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन०का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भीर संकुचन देखा परेको बताउनुभएको छ ।

कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भए पनि आफूले अधिकतम प्रयास गर्ने उहाँले बताउनुभयो । स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ अर्थमन्त्री पौडेलले जोड दिनुभयो ।

मानिसको जीवन र जिविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमा भित्र रहेर चुनौतीहरुलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो । त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडि बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

Next Post

इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि दोस्रो चरणको लकडाउन हुने

२०७७ कार्तिक १५, शनिबार २०:३५
एजेन्स । इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा गर्नुभएको हो । उहाँका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति(आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ । तर स्कुल, कलेज […]

सम्बन्धित शीर्षक