इङ्ग्ल्यान्डमा आउँदो बिहिबारदेखि दोस्रो चरणको लकडाउन हुने

  ।   २०७७ कार्तिक १६, आईतवार ०७:०५

एजेन्स । इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन हुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसोनले इङ्ग्ल्यान्डमा दोस्रो चरणको लकडाउन घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार आउँदो बिहिबारदेखि कार्यान्वयनमा आउँने दोस्रो चरणको लकडाउनमा पब्स, रेष्टुरेन्ट, जीमलगायत अति(आवश्यक नपर्ने व्यवसाय ४ हप्ताको लागि बन्द हुनेछ ।

तर स्कुल, कलेज र विश्वविद्यालय भने खुल्न पाउनेछन् । डिसेम्बर दुई तारिखदेखि लकडाउन केही खुकुलो बनाइने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईपीएलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हरायो

२०७७ कार्तिक १६, आईतवार ०७:०५
नेपालगन्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले हराएको छ । यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर […]