डोल्पाका ४ जना युवा रेड पाण्डाको छाला सहित नेपालगंजबाट पक्राउ

  ।   २०७८ चैत्र ६, आईतवार १७:३१

संवाददाता, नेपालगंज

२ वटा रेड पाण्डाको छाला सहित ४ जना ब्यक्ति बाँकेको नेपालगंज स्थित वडा नम्बर १२ कोरियनपुरबाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ३ का २३ बर्षिय बिकेश शाही, ३६ बर्षिय हर्क बहादुर बिक, २२ बर्षिय राम कृष्णा शाही, र डोल्पा ठुलोभेरी नगरपालिका १ का २५ बर्षिय सुकराम बिक रहेका छन ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजुन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखी १० लाख रुपैयाँ सम्म जरिवाना र ५ बर्षदेखी १५ बर्ष सम्म कैद वा दुबै सजाय हुन सक्ने कानूनी ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच, नेपालगंज २ स्थित पुष्पलाल चोकबाट ३ किलो चरेस सहित २ जना ब्यक्तिहरु पक्राउ परेका छन । जसमा कालिकोट खाँडाचक्र नगरपालिका ९ का २५ बर्षिय प्रविन विष्ट, सोही नगरपालिका ७ का २३ बर्षिय राज बहादुर कार्की रहेका छन ।

पक्राउ परेका ब्यक्तिलाई लागु औैषध नियन्त्रण ऐन, २०३३ को दफा १४ (घ) ४ बमोजिम १ बर्ष देखी ३ बर्ष सम्म कैद, र ५ हजार रुपैयाँ देखी २५ हजार रुपैयाँ सम्म जरिवानाको कानूनी ब्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

बाँकेमा हात्तीपाइले बिरुद्धकोे औषधि खुवाईदै, खान मान्दैनन् सर्वसाधारण

२०७८ चैत्र ६, आईतवार १७:३१
बाँके । बाँकेमा फागुन २८ गतेदेखि सुरु भएको हात्तीपाईले बिरुद्धकोे औषधी सेवन अभियान थालिएपनि केही शिक्षित परिवारले हात्तीपाईलेको औषधि सेवन नगरिदिदा स्वास्थ्यकर्मीहरुलाई नै  समस्या भएको छ  । खासगरी मुस्लिम, मधेसी समुदायमा हात्तीपाईलेको औषधि प्रतिको अन्धविश्वास र नकारात्मक धारणाले औषधि सेवन गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । हात्तीपाईले निवारणको […]