खुल्ला दुध खरिद विक्री गर्ने ब्यक्ति र कटेज डेरी सँग होसियार

दुषित दुधले स्वास्थ्यमा हानी गराउन सक्छ : प्रमुख योगेन्द्र शाह

  ।   २०७७ फाल्गुन २०, बिहीबार १६:४८

विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को असर दुध तथा दुधजन्य पदार्थमा पनि परेको छ । दुध खपत घट्दा कतिपय किसानहरुको दुध विक्री हुन सकेन । र कतिले समयमा पैसा समेत पाउन सकेका छैन्न । यद्दपी अहिले दुधको बजार विस्तारै बढ्दै गएको सम्बद्ध निकायको भनाई छ । यसै सन्र्दभलाई लिएर साथी प्रेम विश्वकर्माले दुध तथा दुधजन्य पदार्थको बजार र गुणस्तर सुधारका बारेमा दुग्ध विकास संस्थान नेपालगंज दुग्ध वितरण आयोजना, कोहलपुर पिपरी, बाँकेका आयोजना प्रमुख योगेन्द्र शाह सँग कुराकानी गर्नुभएको छ ।

१. कोभिड–१९ पछि दुध तथा दुधजन्य पदार्थको बजार कस्तो छ ?

कोभिड पछि नेपाली बजारमा दुध तथा दुधजन्य पदार्थको बिक्री एवंम संकलनको क्षेत्रमा ह्रास नै छ । जति किसानको दुध उत्पादन भएको हो, त्यो सबै दुध दुग्ध विकास संस्थानले खरिद गर्न सकेन ।

किनभने कोभिडले गर्दा खेरी बजारीकरण गर्न समस्या थियो, पुरै बजारहरु बन्द भएकाले आयोजनाले पोखरा, काठमाडौं पाउडर उत्पादनका लागी पठाउनु पर्ने दुध पनि पठाउन सकेन ।

२. दुग्ध विकास संस्थान, नेपाल सरकारको स्वामित्व भएको ठुलो संस्था हो ? यहाँ केही नीजि क्षेत्रका संस्थाहरु पनि छन, प्रतिस्पर्धा कत्तिको छ ?

दुधमा मात्र नभई प्रतिस्पर्धा त सबै क्षेत्रमा पनि छ । तर प्रतिस्पर्धा स्वस्थ भयो भने दुग्ध विकास संस्थानलाई खास्सै असर पर्दैन । अस्वस्थ प्रतिस्पर्धाले गर्दा खेरी, हाम्रो बिक्री वितरणमा समस्या छ ।

अस्वस्थ प्रतिस्पर्धा भनेको अब नेपाल सरकारले खाद्य सुरक्षा निर्देशीका लागु गरेको छ । तर त्यो निर्देशीका कार्यन्वयन हुन सकेको छैन । जसले गर्दा यो खुल्ला दुधहरु पोलिथिनमा राख्ने अनि रबर बैन्ड गर्ने त्यस्तो दुधहरु छ्याप–छ्याप्ती छ ।

हामी औद्योगिक रुपमा खाद्य ऐन अनुसार जुन प्याकेजिङ्ग, लेबलिङ्ग गरेर जुन मार्केटमा पठाउछौं । त्यसले गर्दा गाहे छ ।

३. अनि दुग्ध विकास संस्थान र अन्य नीजि संस्थाबाट दुध खरिद गर्दा अथवा विक्री गर्दा किसानले के फरक पाउँछन ?

अब दुध खरिद गर्दा खेरी पनि हामी चाँही फ्याट, एसएनएफका आधारमा लिन्छौं । तर स्थानीय डेरी वा संस्था हामी कटेज डेरी भन्छौं, एक–दुई वटा फ्रिज राखेर खुल्ला दुध विक्री गर्ने, उनीहरुले फ्याट, एसएनएफको आधारमा लिदैन ।

दुध लिटरको आधारमा खुल्ला रुपमा लिन्छन । उनीहरुले दुध पनि त्यही हिसावमा विक्री वितरण गर्छन । त्यसकारण उनीहरुको दुध कत्ति गुणस्तरिय छ, थाहा नै हुदैन । डीडीसीको गुणस्तरिय दुधमा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुन्छ ।

तर कटेज डेरीका दुधहरु हेर्न गयो भने न एसएनएफ पुग्छ, न फ्याट पुग्छ । त्यसले गर्दा उपभोक्ताहरु पनि ठगी रहेका छन । जसले गर्दा डीडीसीको बजारमा पनि असर परेको छ ।

४. भनेपछि हामीले दुधको गुणस्तर राम्रो छ, छैन भनेर कसरी थाहा पाउने, केके कुरामा ध्यान दिनुपर्छ ?

दुधको गुणस्तरबारे कुरा गर्दा सबैभन्दा पहिले त हामीले ‘गोठ देखी ओठ सम्म’ भन्छौं ।

उपभोक्ताले खाँदा खेरी त्यो दुध कत्ति मिठो छ, छैन त्यसरी थाहा पाउँछ । र अर्को कुरा त्यसभित्र कत्तिको फ्याट र एसएनएफको मात्रा छ, त्यो त ल्यावमा जाँच गरेर पत्ता लाग्छ ।

५. दुध पातलो भयो, बाक्लो भएन, तहर लागेन, धेरै आम उपभोक्ताले भन्ने गरेको प्रश्न हुन ? कसरी पकाउने भन्ने पनि होला ?
अब डीडीसीको दुधमा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुन्छ । तर बाहिरको खुल्ला दुधहरुमा हेर्न जानुभयो भने तपाईको ५, ७ एसएनएफ, कसैको यही पनि पुग्दैन । त्यस्तो एसएनएफ पानी मिसाएको दुधहरु छ ।

उपभोक्ताले त्यो कुरा बुझ्दैन । खाली यति उनीहरुले के भ्रम फिजाएको हुन्छ, मेसिनबाट प्याकेट बनाएको दुधमा पाउडर मिसाएको हुन्छ, यो खुल्ला दुध चाँही ताजा दुध हो । भनेर उपभोक्तालाई भ्रमित पारिएको हुन्छ । तर त्यो गलत कुरा हो ।

हामीले किसानबाट शुद्ध ताजा दुध संकलन गरेर त्यसलाई प्रशोधन गरेर प्याकेजिङ्ग गरेका हुन्छौं । त्यो दुध खायो भने प्रशोधन गरिएको हुन्छ ।

प्रशोधन भनेको मानव शरीरलाई रोग लगाउने जति पनि ब्यागटेरिया, किटाणु छ, त्यसलाई प्रशोधनको प्रक्रियामा मारिन्छ । त्यसले गर्दा खेरी त्यो दुध निरोगी, स्वच्छ हुन्छ । त्यो दुध स्वस्थकर हुने हुँदा सबैले गर्दा फाइदा नै गर्छ ।

कुनै हानी नोक्सानी गर्दैन । तर खुल्ला दुधहरु प्रशोधन गरिएको हुदैन ।

प्रशोधन नगरेको हुनाले जुन रोगी गाई भैसीबाट आएको जुन ब्यागटेरिया, किटाणु हुन्छ, अथवा दुध दुहिदा, भाँडा यता उताबाट फोहोर मिसीएको हुन सक्छ । त्यसलाई प्रशोधन नगरी खाँदा शरीरलाई नोक्सान पुग्छ ।

६. भनेपछि अब दुध खानु अघि धेरै सरसफाईमा ध्यान दिनु पर्ने रहेछ ?

सही कुरा गर्नुभयो । जब दुध गाईभैसीको थुनबाट झर्छ, त्यो चाँही स्वच्छ र ताजा नै हुन्छ । तर बाहिरी वातावरणमा आउँदा खेरी मान्छे, भाँडाहरुको सम्र्पकमा आउँदा दुध फोहोर, अस्वच्छकर दुषित हुन जान्छ ।

त्यस्ता दुधहरु सेवन गर्दा मानिसहरुलाई हानी पु¥याउन सक्ने संम्भावना हुन्छ । साथै त्यो दुधहरु चाँही फाड्छ ।

७. दुषित दुधकै कारणले केही त्यस्ता रोग वा स्वास्थ्य समस्याहरु देखिन्छन त ?

हुन्छ नी, दुधबाट मानिसमा र मानिसबाट पशुमा सर्ने रोगहरु हुन्छ । जसलाई जुनेटिक डीजिज भनिन्छ ।

दुधबाट सर्ने रोगहरु जस्तै टिबी भयो, ब्रुसेलुस्सि, डिप्थे्ररिया, टाइफाइड, झाडापखाला भयो । त्यही भएर नै प्रशोधन गरिएको दुधहरु खानुपर्छ भन्ने छ ।

८. यहाँको कार्यालय कोहलपुर पिपरीमा छ, यो आसपासको क्षेत्रमा दुधको गुणस्तर कस्तो पाउनुभएको छ ? यहाँ भारतीय दुध पनि आइरहेको गुनासो सुनिन्छ ?

भारतको दुध यहाँ आउदैन । यहाँ आउने भनेको सबै हाम्रै चिस्यान केन्द्रबाट हो । हाम्रो चिस्यान केन्द्र बर्दियाको सानोश्री र भुरिगाउँमा रहेको छ । एउटा भगवती संस्था छ ।

यसैगरी बाँके जिल्लाको कम्दीमा रहेको छ । सुर्खेतको छिन्चु, दाङ्गको लमहीमा पनि चिस्यान केन्द्र रहेको छ ।

साथै बाँके जिल्ला वरपरका दुग्ध शहकारीहरुबाट पनि यही दुध आउने गर्छ । त्यो नेपाली कृषकहरुले गाईभैसीबाट उत्पादन गरेको ताजा, स्वच्छ दुध नै हो ।

Next Post

दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरलाई एमडी/एमएस पढ्न रोक

२०७७ फाल्गुन २०, बिहीबार १६:४८
काठमाडौं । सुगममा बसेर दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरले विशेषज्ञ चिकित्सक (एमडी/एमएस) अध्ययन गर्ने मौका गुमाएका छन् । कतिपयको सरकारी मेडिकल कलेजमा निस्शुल्क छात्रवृत्तिको अवसरसमेत गुमेको छ । चिकित्सा शिक्षा आयोगले गत १८, १९ र २० पुसमा एमडी/एमएसको एकीकृत प्रवेश परीक्षा गरेको थियो । नतिजा प्रकाशन भइसकेपछि कतिपय डाक्टरले […]