लगातारको बर्षाले जनजीवन कष्टकर, तत्काल बर्षा रोकिने संम्भावना छैन

  ।   २०७९ आश्विन २३, आईतवार १४:४६

संवाददाता, नेपालगंज

असोज १८ गते देखी लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका गाउँबस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ । कतिपयको उठिबास नै भएको छ ।

बाँके, चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका गाउँबस्ती डुबानमा परेका छन । वर्षाका कारण नदी र खहरे खोलामा पानीको वहाव उच्च छ ।

बाढी आएकाले होचो भूभाग डुबानमा परेका छन । धेरै गाउँबस्तीहरु जलमग्न भई कतिपय ठाउँमा बाढि पहिरोले जनजीवन प्रभावित बनिरहेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको संम्भावना रहेको भन्दै सतर्क रहन जल तथा मौसम बिज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार असोज २४ गते (सोमवार) दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारि वर्षाका साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सोही दिन राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै असोज २५ गते (मंगलवार) दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२५ गते राती प्रदेश नम्बर १ मा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखी सामान्य बदली रहनेछ ।

प्रदेश नम्बर १ का केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संम्भावना रहेको छ । मौसम विश्लेषण अनुसार हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।

Next Post

मन्त्री अथक सहित गठवन्धन उम्मेदवारले गराए उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतवार १४:४६
संवाददाता, नेपालगंज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज उहाँसँगै प्रदेश सभा (क) मा फुलाराम थारू (नेपाली काँग्रेस) र प्रदेश सभा (ख) मा कृष्णा केसी ’नमुना’ (माओवादी केन्द्र) ले गठबन्धनको तर्फबाट उम्मेदवारी […]