बेलारुसले पठाएका आप्रवासीलाई पोल्यान्डले प्रवेशमा रोक लगायो, सयौँ जना जङ्गलमै अलपत्र

  ।   २०७८ कार्तिक २३, मंगलवार ०७:४९

काठमाण्डौ । पोल्यान्डले बेलारुसको पूर्वी सीमाबाट आफ्नो देश प्रवेश गर्न खोज्ने सयौँ आप्रवासीलाई प्रवेश दिन अस्वीकार गरेको छ ।

भिडियो फुटेजमा महिला र बालबालिकासहितका सयौँ आप्रवासीले काँडेतार भत्काउँदै पोल्यान्ड प्रवेशको प्रयास गरिरहेको देखिएको छ । तर पोल्यान्डले भने उनीहरुलाई रोक्न थप १२ हजार सुरक्षाकर्मी सीमा क्षेत्रमा तैनाथ गरेको बीबीसीले जनाएको छ ।

आप्रवासीमध्ये धेरैजसो मध्यपूर्व र एसियाका रहेका खबरमा उल्लेख छ ।पोल्यान्ड, लिथुवानिया र लात्भियाले केही महिनादेखि बेलारुसबाट आप्रवासीहरु आफ्नो देश प्रवेश गर्ने प्रयास गरिरहेको भन्दै बेलारुसविरुद्ध खेद प्रकट गरेका छन् ।

युरोपेली सङ्घले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले नै आप्रवासीलाई अन्य देशमा पठाउन भूमिका खेलेको आरोप लगाएको छ ।पोल्यान्डले प्रवेश नदिने र बेलारुसले फर्कन नदिएको कारण शून्य डिग्रीको चिसोमा धेरै आप्रवासी जङ्गलमै बस्न बाध्य भएको र केहीको कठ्याङ्ग्रिएर तथा भोकले ज्यान गएको बीबीसीले जनाएको छ ।

बेलारुस र पोल्यान्डले आप्रवासीमाथि गरिरहेको दमनको मानव अधिकारवादीले आलोचना गर्दै मानवीयताको रक्षा गर्न अपिल गरेका छन् ।

Next Post

सत्ता गठबन्धन दीर्घकालीन सहकार्यमा जुट्दै

२०७८ कार्तिक २३, मंगलवार ०७:४९
  काठमाण्डौ । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुर्याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बेलुका बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय सभा चुनाव र […]

सम्बन्धित समाचार