सहुलियतमा ओपिडी  सेवा

  ।   २०७९ फाल्गुन १२, शुक्रबार २२:४३


नेपालगन्ज । नेपालगन्जमा अवस्थित कान्ति आरोग्य अस्पतालले ओपिडी सेवामा छुट दिएर बिरामीको सेवा गर्ने जनाएको छ । फागुन महिना देखि नै सो ओपिडी सेवा बापत सय रुपैयाँ लिएर बिरामीहरुको चेकजाँच गर्दै आएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यको पहुँचभन्दा टाढा रहेका पछाडि परेका विपन्न समुदायलाई लक्षित गरि सो अस्पतालले सेवागर्ने  अस्पताल संचालक वरिष्ठ बालरोग <span;>विशेषज्ञ डा. रोमा बोराले बताउनु भयो । अस्पतालमा उपचार गराउन आएका बालबालिकामा छाल र पेटको समस्या बढी देखिने गरेको डा. बोराले जानकारी गराउनु भयो ।

सर्वसाधारणलाई बिरामीहरुलाई गुणस्तरीय सेवा दिने लक्ष्य सहित बिशेष छुटको व्यवस्था गरेको बताउदै  अस्पतालले बिशेषज्ञ सेवाहरु विस्तार गरिरहेको डाक्टर रोमा बोराको भनाई रहेको थियो । नवजात शिशु तथा बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन, जनरल मेडिसिन अन्तर्गत सुगर, ब्ल प्रेसर, मुटुरोग, पेट, छाती, कलेजो रोग सम्बन्धी सम्पुर्ण उपचार, हाडर्जोनी, नसा तथा बाथरोग, छाला तथा चर्म रोग, न्युरो सर्जन, रगत क्यान्सर, रगत सम्बन्धी सम्पुर्ण रोग, नाक, कान, घाटी रोग, जनरल सर्जरी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, एनआसियु, पिआइसियु सेवा, सबै किसिमका खोप सेवाहरु र एम्बुलेन्स सेवा उपलब्ध गराउदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

Next Post

बालबिवाह अन्त्यका लागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

२०७९ फाल्गुन १२, शुक्रबार २२:४३
संवाददाता, नेपालगञ्ज। बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ । बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने […]

सम्बन्धित समाचार