काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस

  ।   २०७७ कार्तिक २५, मंगलवार ०७:५८

काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोको समयमा आज घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । काठमाण्डौको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ ।

मौसमविद् प्रधानाङ्गका अनुसार आज देशका धेरै ठाउँको मौसम सफा नै रहनेछ । दिउँसो पारिलो घाम लाग्ने छ । पश्चिम पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । अन्य क्षेत्रको मौसम भने अबको एकरदुई दिन सफा नै रहने देखिएको उहाँले बताउनुभयो ।

Next Post

बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

२०७७ कार्तिक २५, मंगलवार ०७:५८
बाँके । बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुई जना र दाङका एक जना संक्रमितको मृत्यु भएको हो । बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उहाँको सोमबार […]

सम्बन्धित समाचार