भीमदत्त नगरपालिकाद्वारा पिसिआर मेसिन खरिद

  ।   २०७७ भाद्र ५, शुक्रबार ०८:५३

कञ्चनपुर । भीमदत्त नगरपालिकाले ३८ लाखमा कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको छ।

नगरपालिकाले बोलपत्र आह्वान गरेअनुसार सुदिप इन्टरनेशनले पिसिआर मेसिन खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको हो। नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणको परीक्षण दायरा बढाउन नगरपालिकाले खरिद गरेको मेसिन कार्यालयमा पुगेको बताउनुभयो ।

मेसिनलाई छिट्टै महाकाली अस्पताललाई हस्तान्तरण गरी सञ्चालन प्रक्रिया सुरु गरिने बताउनुभयो । मेसिन महाकाली अस्पताललाई हस्तान्तरण गरी सञ्चालन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकार र महाकाली अस्पतालको साझेदारीमा मेसिन सञ्चालनका लागि प्रकृया अगाडि बढाएको हो। नगरपालिकाले मेसिन खरिद गरी अस्पतालाई उपलब्ध गराउने जिम्मेवारी पाएको थियो।

मेसिन जडान गरी सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकार र महाकाली अस्पताललाई दिइएको छ। नगरपालिकाको कोभिड– १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिले गत जेठ अन्तिम साता मेसिन किन्ने निर्णय गरेको थियो। थाहाखबर

Next Post

आज र भोलि ठूलो पानी नपर्ने

२०७७ भाद्र ५, शुक्रबार ०८:५३
काठमाण्डौ । आज र भोलि देशभर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अहिले प्रदेश १, कर्णाली प्रदेश र वागमती प्रदेशको केही ठाउँबाहेक अन्यत्र आंशिकदेखि सामान्य बादल लागेर केही ठाउँमा पानी परेको र दिउँसोपख देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।भोलि बेलुकीदेखि भने मनसुन […]