प्रतिष्ठित उद्धमी स्वर्गीय आचार्यको अन्त्यष्ठी सम्पन्न

  ।   २०७८ चैत्र ५, शनिबार २२:२१

साहिल शेष (ताहिर)
नेपालगन्ज । नेपालगञ्जका प्रतिष्ठित व्यवसायीका रूपमा चिनिने नेकपा माओवादी केन्द्रका नेता स्वर्गीय दामोदर आचार्यको अन्तिम संस्कार सम्पन्न गरिएको छ । शनिबार  साझ  उहाँको डुडुवा गाउँ पालिकास्थित राप्ती नदीकाे सिधनिया घाटमा अन्तिम संस्कार गरिएको हो ।
अन्तिम संस्कारमा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर),  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुर्णाकुमारी सुवेदी, केन्द्रीय सदस्य कृष्णा केसी (नमुना), लुम्बिनी प्रदेश सांसद तथा बाँके अध्यक्ष आई.पि. खरेल, प्रदेश सह सचिव अकलबहादुर बम, प्रदेश सदस्य डिल्ली बराल, लुम्बिनी प्रदेश समिति सदस्य डम्बर बिक (तुफान),  प्रदेश सदस्य नवीन शर्मा लगायतका नेता कार्यकर्ता, उधाेगी व्यवसायी तथा विभिन्न व्यक्तित्वहरुको बक्लो उपस्थिति रहेको थियाे ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका आर्चायको ५९ बर्षको उमेरमा उपचारका क्रममा शनिबार दिन  विहान ९ बजे भेरी अस्पतालमा निधन भएको थियो । उहाँ लामो समयदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्यो ।
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका आचार्य २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार बन्नुभएको थियो ।
स्वर्गिय आचार्यको श्रीमती सहित १ छोरा र ३ छोरी छन् ।

Next Post